IME Life
Beema Board

शेयर बजार सामान्य सुधार हुँदा पनि हाइड्रोपावरका शेयरधनी मालमाल, सर्वाधिक सुधार भएका १० कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बुधबार नेप्से सूचकमा सामान्य सुधार देखियो । सूचकमा सामान्य सुधार देखिए पनि आज सबैभन्दा धेरै जलविद्युत क्षेत्रका कम्पनीहरुले सर्वाधिक धेरै कमाएका छन् । केहि समयदेखि जलविद्युत क्षेत्रका कम्पनीमा खासै सुधार हुन सकेको थिएन । नयाँ गठन भएको सरकारले नेपाल विद्युत प्राधिकरण वा विद्युत नियमन आयोग कहि न काँही कुलमान घिसिङलाई नियुक्त गर्ने हल्लाले जलविद्युत क्षेत्रका कम्पनीमा सर्वाधिक सुधार देखिएको हो ।

सूचक १.०१ अंकले सुधार हुँदा हिमालयन पावर पार्टनरको शेयर मूल्य ८.१० प्रतिशतले बढ्यो । शेयरधनीहरुले प्रतिकित्ता ३४ रुपैयाँले कमाएका छन् । कम्पनी शेयर मूल्य बढेर ४५४ रुपैयाँ पुगेको छ ।

Prabhu
Crest

त्यस्तै नेपाल फाइनान्सको शेयर मूल्य ७.७१ प्रतिशतले सुधार भएको छ । कालिका पावर कम्पनीको पनि शेयर मूल्य ७.११ प्रतिशतले बढेको छ । नेपाल विद्युत प्राधिकरणले नै प्रवर्द्धन गरेको रसुवागढीको ५.९५ प्रतिशत र सान्जेनको ५.७३ प्रतिशतले बढेको छ ।

ङादी पावरको ५.६८ प्रतिशत, मल्टिपर्पोज फाइनान्सको ५.३४ प्रतिशत, सिनर्जी पावर र रैराङ हाइड्रोपावरको ५.०८ प्रतिशत र हिमाल दोलखाको ४.६९ प्रतिशतले सुधार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS