IME Life

सिवाईसी र शालिग्राम लघुवित्तको एकिकृत कारोवार सुरु

SPIL
NIC ASIA

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था बागलुङ र शालिग्राम लघुवित्त वित्तीय संस्था बेनी म्याग्दीको एकिकृत कारोबार सुरुवात भएको छ । राष्ट्रियस्तरको सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाले प्रदेशस्तरको शालिग्राम लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गरेको हो ।

सिवाईसी नेपालको १०० कित्ता शेयरलाई शालिग्रामको ७५ कित्ता शेयर (१ः०.७५) दिने गरी शेयर मूल्य अनुपात कायम गरिएको छ ।

Prabhu
Crest

एकिकृत कारोवारको शुभारम्भ सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको मुख्य पूवद्र्धक संस्था चारतारे युवा क्लव नेपालका अध्यक्ष चण्डिप्रसाद शर्मा पौडेल, सिवाईसीका अध्यक्ष पद्मनाथ शर्मा र शालिग्रामका अध्यक्ष कृष्ण बहादुर थापाले संयुक्त रुपमा दिप प्रज्वलन, व्यानर अनावरण र रिवन काटेर गरेका हुन् ।

कार्यक्रममा बोल्दै प्रमुख पौडेलले दुई वित्तीय संस्था गाभिएपछि संस्था थप सबल भएको बताए । उनले ग्रामिण क्षेत्रका लक्षीत वर्गमा अझै पनि लघुवित्त संस्था नपुगेको बताउँदै ती वर्गमा गएर जनताको सेवामा समेत ध्यान दिन आग्रह गरे । संस्था ठूलो हुँदा क्षमता पनि बढ्ने बताउँदै पौडेलले लघुवित्त संस्थाहरुले नाफामा मात्र केन्द्रीत नभई सदस्यमैत्री सेवाहरु पनि सञ्चालन गर्ने कुरामा जोड दिए ।

गत जेठ १४ गते छुट्टाछुट्टै बसेको संस्थाहरुको विशेष साधारण सभाले सिवाईसीले शालिग्रामलाई प्राप्ति गर्ने प्रस्ताव पारित गरेको थियो । एकिकृत कारोबारका लागि नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले असार २५ गते अन्तिम स्वीकृत प्रदान गरेका थिए ।

एकिकृत कारोवार शुभारम्भ समारोहमा संस्थाका प्रवन्ध सञ्चालक डोलिन्द्रप्रसाद शर्माले संस्थाको चुक्ता पुँजी १२ करोड १६ लाख ४१ हजार ८ सय ३७, कर्मचारी १ सय ८६, शाखा कार्यालय ३८, सदस्य संख्या ४८ हजार, लगानीमा बाँकी रहेको कर्जा १ अर्व ७५ करोड र बचत ८८ करोड रहेको जानकारी गराए ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS