IME Life

ललितपुर फाईनान्स र नेपाल फाईनान्सले सुरु गरे एकिकृत कारोबार

SPIL
NIC ASIA

काठमाण्डौ । नेपाल फाईनान्स लिमिटेडले ललितपुर फाईनान्स लिमिटेडलाई प्राप्ति पश्चात हिजोबाट एकिकृत कारोबार शुभारम्भ भएको छ । कान्तिपथ स्थित होटल एल्लो प्यागोडामा सम्पन्न कार्यक्रममा दुवै संस्थाका संचालकहरु, नेपाल फाईनान्सका आधारभूत शेयरधनी एवम उद्योग ब्यवसायी राजेन्द्र शाक्य र नेपाल फाईनान्सका प्रमुख कार्यकारी अधिकृत उध्दवराज थपलिया, ललितपुर फाईनान्सका का.मु. प्रमुख कार्यकारी अधिकृत चन्द्र शेखर खड्का लगाएत सीमित कर्मचारीको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो ।

यी दुवै कम्पनीले जेठ २८ गते अलग अलग विशेष साधारण सभामार्फत प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार १८ गते प्राप्तिका लागि अन्तिम स्वीकृति पश्चात दुवै कम्पनीले एकीकृत कारोबार शुरु गर्ने भएका हुन् ।

Prabhu
Crest

प्राप्ति पश्चात कम्पनीको रजिष्टर्ड कार्यालय काठमाडौं महानगरपालिका वडा नं २८ कमलादीमा रहने जनाइएकोे छ । अब नेपाल फाइनान्सको नामबाट एकीकृत कारोबार शुरु हुनेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS