IME Life

असार ३० गतेदेखि नेशनल माइक्रोफाइनान्स र महिला सहयात्राले एकीकृत कारोबार शुरु गर्ने

SPIL
NIC ASIA

काठमाडौं । नेशनल माइक्रोफाइनान्स र महिला सहयात्रा लघुवित्त वित्तिय संस्था लिमिटेडको असार ३० गतेदेखि एकीकृत कारोबार शुरु हुने भएको छ । नेशनल माइक्रोफाइनान्सले महिला सहयात्रा लघुवित्तलाई प्राप्ती गर्ने प्रस्ताव दुबै कम्पनीको जेठ २५ गते बसेको छुट्टाछुट्टै साधारण सभाले पारित गरेसँगै एकीकृत कारोबार थाल्ने भएका हुन् ।

नेपाल राष्ट्र बैंकले असार १५ गते र कम्पनी रजिष्ट्रार कार्यालयले असार २४ गते प्राप्तिका लागि अन्तिम स्वीकृति पश्चात दुवै कम्पनीले एकीकृत कारोबार गर्न लागेका हुन् ।

Prabhu
Crest

दुवै कम्पनी एक भई नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार शुरु गर्नेछन् । प्राप्ति पश्चात कम्पनीको रजिष्टर्ड कार्यालय धादिङ जिल्ला वडा नं ३ पुछारबजारमा रहने जनाएको छ ।

एकीकृत कारोबारका लागि दुवै कम्पनीको विवरणलाई एउटै सफ्टवेयर बाट वित्तीय कारोबार र्गुपर्ने व्यवस्था मिलाउनु पर्ने भएकाले असार २९ गते (एक दिन) महिला सहयात्रा लघुवित्तको सम्पूर्ण कारोबार बन्द रहने कम्पनीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS