IME Life
Beema Board

इन्फिनिटी लघुवित्तको एसजिएम सम्पन्न, नेपाल एग्रोलाई प्राप्ती गर्ने बाटो खुल्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको विशेष साधारण सभा सम्पन्न गरेको छ । सभा कम्पनीको केन्द्रिय कार्यालय गैडाकोटमा सम्पन्न भएको हो ।

सभाले नेपाल एग्रो लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरेको छ । नेपाल एग्रो लघुवित्तको १०० कित्ता शेयर बराबर इन्फिनिटी लघुवित्तको ९८ कित्ता शेयर (१ः०.९८) दिने गरी प्रस्ताव पनि पारित भएको हो ।

Prabhu
Crest

इन्फिनिटी लघुवित्तले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्न गत माघ २६ गते दुवै पक्ष बीच भएको सहमतिलाई नेपाल राष्ट्र बैंकबाट मिति जेठ ११ गते सैद्धान्तिक सहमति प्राप्त भइसकेको छ ।

त्यस्तै, सभाले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्ने प्रयोजनका लागि गठित संयुक्त मर्जर वा प्राप्ति समितिबाट नियुक्त लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक अनुमोदन, नियमनकारी निकायहरुबाट प्राप्त सुझाव एवम् निर्देशन बमोजिम प्राप्ति सम्बन्धी गर्नुपर्ने थपघट तथा आवश्यक संशोधन लगायत सम्पूर्ण कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, नेपाल एग्रोलाई प्राप्ति गरे पश्चात संस्थाको जारी तथा चुक्ता पूँजीमा वृद्धि हुने भएकोले सोही बमोजिम संस्थाको प्रबन्धपत्रमा संशोधन गरी जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS