IME Life
Beema Board

नेशनल हाइड्रोपावरको स्थगित साधारण सभा असार ३१ गते

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनीको स्थगित २४औं वार्षिक साधारण सभा असार ३१ गते हुने भएको छ । कम्पनीको असार १७ गते बसेको संचालक समितिको बैठकले उक्र सभाको मिति तय गरेको हो । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजे शुरु गर्ने कम्पनीले जनाएको छ ।

यसअघि कम्पनीको २४औं सभा चैत २७ गते तोकिएकोमा उक्त सभामा गुणपुरक संख्या नपुगी स्थगित गरिएको थियो ।

Prabhu
Crest

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ । सभामा आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक निर्धारण गर्ने एजेण्डा समेत पेश हुनेछ ।

त्यस्तै, सभामा आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गर्ने, गर्ने एजेण्डा रहेको छ ।

कम्पनीले वार्षिक साधारणसभा प्रयोजनको लागि चैत १३ गतेदेखि चैत २७ गतेसम्म बुकक्लोज गरिसकेको छ । त्यसैले चैत १२ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS