IME Life
Beema Board

आइपिओ निष्काशनका लागि यस वर्ष १८ कम्पनीले पाए अनुमति, १७ कम्पनीको ५ अर्ब ७१ करोड पाइपलाइनमा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्ष २०७७/७८ मा १८ कम्पनीलाई प्राथमिक शेयर निष्काशनका लागि अनुमति दिएको छ । बोर्डले उक्त कम्पनीहरुलाई सर्वसाधारणका लागि १४ अर्ब ३४ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि अनुमति दिएको हो ।

यस वर्ष सबैभन्दा धेरै नेपाल इन्फ्राष्ट्रक्चर बैंकले ८ अर्ब रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्यो । यस बैंकमा आवेदन दिने सबैले शेयर प्राप्त गरेका छन् । त्यस्तै मध्ये भोटेकोशीले एक अर्ब ५० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि अनुमति पाए पनि कोभिड १९ का कारण प्रभावित क्षेत्रमा भैरहेको निष्काशनलाई स्थगित गरेको छ । प्रभावित क्षेत्रका लागि निष्काशन पछि मात्रै सर्वसाधारणका लागि जारी गर्नु पर्ने भएकाले अझै केहि समय लाग्ने देखिन्छ ।

Prabhu
Crest

यस वर्ष दुई निर्जीवन बीमा कम्पनी सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीले ३०/३० करोड रुपैयाँको शेयर जारी गरेका थिए । त्यस्तै नयाँ जीवन बीमा कम्पनीहरु रिलायन्स लाइफ, प्रभु लाइफ र ज्योति लाइफले सार्वजनिक निष्काशन गरिसकेका छन् भने युनियन लाइफले यहि २४ गतेदेखि सार्वजनिक निष्काशन गर्दैछ । यसै वर्ष चन्द्रगिरी हिल्सले पनि १८ करोड ४० लाख रुपैयाँको प्राथमिक शेयर जारी गर्यो । यस बाहेक केहि लघुवित्त र जलविद्युत कम्पनी रहेका छन् ।

अझै १७ वटा कम्पनी प्राथमिक शेयर निष्काशनको अन्तिम अनुमतिको पर्खाइमा छन् । नेपाल धितोपत्र बोर्डका अनुसार १७ कम्पनीले ५ अर्ब ७१ करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि निवेदन दिएका छन् । यसमा अधिकाम्स जलविद्युत कम्पनी छन् । त्यस्तै नयाँ जीवन बीमा कम्पनी सानिमा लाइफ र आइएमई लाइफले पनि प्राथमिक शेयर निष्काशनका लागि निवेदन दिएका छन् । डिस होम पनि लामो समयदेखि अनुमतिको पर्खाइमा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS