IME Life
Beema Board

जनचेतना अभिबृद्धिका लागि बीमा समिति एक वर्षमा १०० वटा स्थानीय निकायमा पुग्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा सम्बन्धी जनचेतना अभिबृद्धिका लागि बीमा समिति आगामी एक वर्षमा एक सय वटा गाउँपालिका तथा नगरपालिकामा पुग्ने भएको छ । यसका लागि बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले कर्मचारीहरुलाई अफिस आएर कुर्सिमा मात्रै नबस्न निर्देशन दिएका छन् ।

सम्भव भएसम्म हरेक स्थानीय निकायमा बीमा समिति आफै उपस्थित भएर बीमाको बारेमा अभिप्रेरित गर्ने लक्ष्य लिइएको उनले जानकारी दिए । उनले भने ‘हामीहरु अव कोहि पनि कुर्सिमा मात्रै बस्दैनौ । निर्देशकको नेतृत्वमा जिल्ला जिल्लामा जादै छौ ।’  उनले थपे ‘स्थानीय निकायहरु गाउँपालिका तथा नगरपालिकामा गएर बीमाको बारेमा बताउने छौ साथै उनिहरुलाई उत्प्रेरित गर्ने योजना बनाएका छौ । छिट्टै नै यो कार्यक्रम लन्च गर्दै छौ ।’

Prabhu
Crest

बीमा समितले शुक्रवार नै एउटा टोलिलाई महोत्तरीमा पठाउदै छ । त्यहाँ गएर गाउँपालिका तथा नगरपालिकाका निर्वाचित व्यक्तिहरुलाई सम्पर्क गरेर भेला गर्ने योजना बनाएको छ । यसै क्रममा सम्बन्धित जिल्लामाका स्कुल कलजेका शिक्षक तथा अध्यापक, बीमा क्षेत्रका विज्ञहरुलाई समेत भेला पारेर बीमाको विषयमा अनुशिक्षण प्रदान गर्ने र उनिहरु सँग प्रतिकृया लिने छ ।

फिल्डमा खटिएका निर्देशकहरुले स्थानीय निकायहरुबाट आएको प्रतिकृया तथा सुझावलाई संकलन गरेर समितिमा पेश गर्ने छन् । उक्त सुझावका आधारमा आवश्यक परेको खण्डमा निर्देशन तथा निर्देशिका पनि तयार पर्ने सिलवालले जानकारी दिए । सँग सँगै कार्यदिशा पनि तयार पार्ने छ ।

अहिले गर्न लागिएको अभियानको मुख्य उद्देश्य बीमाको बारेमा जनचेतना अभिवृद्धि गर्ने रहेको छ । स्थानीय निकाय भनेका सरकार नै हुन् त्यसैले उनिहरुलाई समन्वय गरिदिन अनुरोध गर्ने सिलवालले जनाए ।

बीमा गर्दा हुने फाइदाहरु, केहि हुँदा बीमाले दिने क्षतिपुर्तिका विषयमा जानकारी दिइनेछ । यदि स्थानीय निकायले बीमालाई प्रवर्द्धन गर्ने हो भने भोलिका दिनमा हुने क्षतिको विषयलाई लिएर स्थानीय निकायले धेरै टाउको दुखाइरहनु नपर्ने भन्दै अभिप्रेरित गरिने सिलवालले जानकारी दिए । यस्तो कार्यक्रम अव वर्षैभरी हुने उनले बताए । यस वर्ष मात्रै बीमा समितिले स्वयं १०० वटा स्थानीय निकायमा पुग्ने टार्गेट लिएको छ ।

यसका साथै बजारको अनुगमनलाई पनि समितिले निरन्तरता दिने छ । समितिले आफ्नो नियमित रुपमा आवस्यक पर्ने नीति नियम तथा निर्देशनहरु बनाउने कामलाई पनि निरन्तरता दिने छ । निम्न आय भएका वर्गहरुलाई बीमामा पहुँच पुग्याउने उद्देशयले यस्तो कार्यक्रम गर्न लागिएको हो । आजका दिनमा जीवन तथा निर्जीवन दुबै किसिमका कम्पनीहरु सहरमा मात्रै केन्द्रित हुँदा निम्न आय भएका वर्गहरु बीमाको पहुँचमा पुग्न सकिरहेका छैनन् । यदि ठुला कम्पनीहरु स्थानीय निकायमा गएनन् भने माइक्रोइनान्स्योरेन्स खडा गरेर भए पनि उनिहरुको पहुँचमा बीमा पुग्याउने सिलवालले जानकारी दिए ।

यसै क्रममा नेपालमा माइक्रोइन्स्योरेन्स कम्पनीको आवस्यकताको विषयमा अध्ययन सुरु गरिएको उनले जानकारी दिए । उक्त समितिले एक दुई महिना लगाएर एउटा अध्ययन गर्ने छ । उक्त अध्ययनको निचोडलाई लिएर समितिले बोर्डमा छलफल गर्ने र आवस्यकता अनुसार अगाडि बढ्ने उनले योजना छ । अहिले नै कम्पनीहरुलाई लाइसेन्स दिने या नदिने भन्दा पनि दिदा के हुन्छ नदिदा के हुन्छ भन्ने विषयमा समितिले अध्ययन गर्ने भएको छ । उक्त अध्ययले नयाँ कम्पनी खडा गर्नु पर्ने देख्यो भने त्यहि अनुसार अगाडि बढ्ने समितिको योजना छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS