IME Life
Beema Board

जीवन विकास लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन,हालसम्म कति पर्यो ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले असार ११ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका कूल १९ करोड ७७ लाख ३० हजार रुपैयाँ बराबरको १९ लाख ७७ हजार ३ सय कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ३० हजार ४२० कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्न लागेको पुँजीको ५ प्रतिशतले हुन आउने ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार उक्त आइपीओमा सोमबार बेलुका ५ बजेसम्ममा १८ लाख ४० हजार ३७ जना आवेदकबाट २ करोड ७८ लाख २६ हजार ३ सय ५० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिएको भन्दा १५.०५ गुणा बढी आवेदन हो ।

Prabhu
Crest

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।

लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछ भने अनलाईन मार्फत मेरो शेयर एप र मेरो शेयर सफ्वेयर मार्फत पनि आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS