IME Life
Beema Board

निषेधाज्ञामा निर्जीवन बीमा व्यवसाय फस्टायो,आर्जन गरे १ अर्ब ७८ करोड बीमा शुल्क

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । निषेधाज्ञाको समयमा निर्जीवन बीमा व्यवसाय बृद्धि भएको छ । बैंशाख महिनाको तुलनामा जेठ महिनामा निर्जीवन बीमा कम्पनीहरुको व्यवसाय बृद्धि भएको हो । बैंशाख महिनामा राष्ट्रिय बीमा कम्पनी बाहेकका १९ निर्जीवन बीमा कम्पनीहरुले १ अर्ब ७२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको थिए । बैंशाख महिनाको तुलनामा जेठ महिनामा कम्पनीहरुले ६ करोड रुपैयाँले बीमा शुल्क आर्जन बृद्धि गर्न सफल भएका हुन् ।

चालु आर्थिक वर्षको जेठ मसान्तमा राष्ट्रिय बीमा कम्पनी बाहेक १९ जीवन बीमा कम्पनीहरुले १ अर्ब ७८ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छन् । बीमा समितिको तथ्याङक अनुसार चालु आर्थिक वर्षको जेठ मसान्तमा मात्रै १९ निर्जीवन बीमा कम्पनीहरुले ७८ करोड ८ सय ६० वटा बीमा पोलिसी विक्री गरी १ अर्ब ७८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका हुन् । राष्ट्रिय बीमा कम्पनीको तथ्याङक समावेश गरिएको छैन् ।

Prabhu
Crest

बीमा समितिको तथ्याङक अनुसार चालु आथिृक वर्षको जेठ महिनामा सबैभन्दा धेरै शिखर इन्स्योरेन्स कम्पनीले बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले जेठ मसान्तमा मात्रै २७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । दोस्रोमा हिमालयन जनरल इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले एक महिनामा २६ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

त्यस्तै, सगरमाथा इन्स्योरेन्स कम्पनीले १४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । सिद्धार्थ इन्स्योरेन्स कम्पनीले पनि एक महिनामा १४ करोड रुपैयाँ नै बीमा शुल्क आर्जन गरेको छ । नेको इन्स्योरेन्स कम्पनीले ११ करोड रुपैयाँ र आइएमई जनरल इन्स्योरेन्स कम्पनीले १० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छन् ।

८ करोड बीमा शुल्क आर्जन गर्ने कम्पनीहरु
चालु आर्थिक वर्षको जेठ महिनामा एनएलजी इन्स्योरेन्स कम्पनीले ८ करोड रुपैयाँ, प्रिमियर इनस्योरेन्स कम्पनीले पनि ८ करोड रुपैयाँ, अजोड इन्स्योरेन्स कम्पनीले पनि ८ करोड, ओरिएण्टल इन्स्योरेन्स कम्पनीले पनि ८ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छन् ।

८ करोडभन्दा कम बीमा शुल्क आर्जन गर्ने कम्पनी
समितिको तथ्याङक अनुसार जेठ महिनामा नेशनल इन्स्योरेन्स कम्पनीले ७ करोड प्रभु इन्स्योरेन्स कम्पनीले ६ करोड, नेपाल इन्स्योरेन्स कम्पनीले ६ करोड, एभरेष्ट इन्स्योरेन्स कम्पनीले ६ करोड, लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले ५ करोड प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ४ करोड, सानिमा जनरल इन्स्योरेन्स कम्पनीले पनि ४ करोड, यूनाइटेड इन्स्ययोरेन्स कम्पनीले ३ करोड र जनरल इन्स्योरेन्स कम्पनीले ३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS