IME Life
Beema Board

२७ अंकले बढ्यो नेप्से, ७ अर्ब १६ करोडको कारोबार हुँदा नेशनल हाइड्रोपावरको सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २७ दशमलव १७ अंकले बढेको छ । आज ८२ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ९६ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज लाइफ इन्स्योरेन्स कम्पनी, निर्जीवन बीमा समुह, फाइनान्स, विकास बैंक र होटल्स बाहेक सबै उपसूचक बढेका छन् ।

आज दिनभरिमा २२७ वटा कम्पनीको २ करोड ९ लाख ७४ हजार ३ सय ७७ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब १६ करोड ७४ लाख ३२ हजार रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ४० करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य १७ रुपैयाँले बढेको छ । सेञ्चुरी कमर्सियल बैंकको ३७ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

त्यस्तै, नेपाल पुनर्बीमा कम्पनीको ३४ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको ४९ रुपैयाँले शेयर मुल्य बढेको छ । हाइड्रोइलेक्ट्रिसिटिको एण्ड इन्भेष्टमेन्ट कम्पनीको २५ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल इन्स्योरेन्स कम्पनीको २२ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सेञ्चुरी कमर्सियल बैंकका लगानीकर्ताले कमाएका छन् । बैंकका लगानीकर्ताले ९ दशमलव ९६ प्रतिशतका दरले कमाएका छन् । अपर तामाकोशीका लगानीकर्ताले ९ दशमलव ९३ प्रतिशतका दरले कमाएका छन् । यूनाइटेड इर्दी मर्दीका लगानीकर्ताले ७ दशमलव २५ प्रशिततका दरले कमाएका छन् । रिडी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ६ दशमलव २६ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, आज सबैभन्दा धेरै गोर्खाज फाइनान्स कम्पनीका लगानीकर्ताले गुमाएका छन् । कम्पनीका लगानीकर्ताले ४ दशमलव ३७ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS