IME Life
Beema Board

जनरल इन्स्योरेन्सको स्थगित साधारण सभा असार २१ गते, यस्ता छन् प्रस्ताव

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको स्थगित साधारण सभा असार २१ गते सोमबार हुने भएको छ । कम्पनीले बैशाख २६ गते तेस्रो वार्षिक साधारण सभा आब्हान गरेकोमा कोरोना भाइरस संक्रमनको धेरै जोखिम बढी विषेधाज्ञाका कारण उक्त सभा स्थगित भएको थियो । उक्त सभा केन्द्रिय कार्यालय हात्तीसार, काठमाडौंमा बिहान ११ बजे हुने कम्पनीले जनाएको छ ।

सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्धारा पेश हुने कम्पनीको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित हुनेछ । लेखापरिक्षकको प्रतिवेदन हित आर्थिक वर्ष २०७६ /७७ (एनएफआरएस ) सहितको असार मसान्तसम्मको वासलात, नाफा नोक्सान तथा नगद प्रवाह सम्बन्धी विवरण र सो सम्न्धी अनुसुची माथि छलफल गर्ने एजेण्डा छ ।

Prabhu
Crest

त्यस्तै, आर्थिक वर्ष २०७७/ ७८ को लेखापरिक्षण गर्नका लागि लेखापरिक्षण समितिको सिफारिस बमोजिम लेखापरिक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका एजेण्डा छ ।

त्यसैगरी सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने, कम्पनीले कोभिड १९ कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने प्रस्ताव रहेको छ । कम्पनीको विषेश प्रस्तावमा भने कोभिड १९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले बैैशाख १० गतदेखि २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसकारण बैशाख ९ गतेसम्मका कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन पाउने छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS