IME Life

एनआईसी एशिया सेलेक्ट ३० ले १४३ प्रतिशत भन्दा बढि प्रतिफल दिन्छ : रमेन्द्र रायमाझी

SPIL
NIC ASIA

काठमाडौं । एनआईसी एशिया सेलेक्ट ३० ले असार १० गतेदेखि सर्वसाधारणका लागि सार्वजनिक इकाई निष्काशन गर्दैछ । शेयर बजारमा लगानी गर्ने उद्देश्यले स्थापना भएका म्युचुअल फण्डहरुले नयाँ नयाँ योजना ल्याइरहेको  छ । यसै क्रममा एनआईसी एशिया क्यापिटलले आफ्नो चौथो म्युचुअल फण्डको तयारी गरिरहेको छ । क्यापिटलले दुईवटा बन्दमुखी योजनाहरु एन आई सी एशिया ग्रोथ फण्ड, एन आई सी एशिया ब्यालेन्सड् फण्ड  तथा एउटा खुलामुखी योजना एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड संचालन गरिरहेको छ ।

अहिले ल्याउन लागेको म्युचुअल फण्डले भने दोस्रो बजारमा सूचिकृत कम्पनीहरु मध्ये उत्कृष्ठ ३० वटा कम्पनीमा मात्रै लगानी गर्ने जनाएको छ । यसरी हुने लगानीले समग्र स्टक एक्सचेन्जकै प्रतिनिधित्व गर्ने भएकाले इण्डेक्स फण्डको रुपमा चिनाइएको छ । यहि फण्डको विषयलाई लिएर योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझी सँग इन्स्योरेन्स खवरले गरेको कुराकानी :

Prabhu
Crest

एनआईसी एशिया सेलेक्ट ३० कस्तो सामुहिक योजना हो ?  

यो इन्डेक्स फण्ड हो । यस योजनामा संकलित अधिकाशं रकम धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गरिनेछ । यस योजनाको प्रमुख विशेषता भनेको सूचिकृत कम्पनीहरुमा लगानी गर्दा सूचिकृत कम्पनीहरुबाट राम्रा मानिएका कम्पनीहरु मध्ये ३० वटा मात्र उत्कृष्ट कम्पनीहरु छनौट गरि लगानी गरिने हो । सोही अनुसार कम्पनीको छनौट गर्दा धितोपत्रको दोश्रो बजारमा सूचिकृत कम्पनीहरु मध्ये ३० वटा उत्कृष्ट कम्पनीहरु छानी लगानी गरिन्छ । ती ३० वटा कम्पनीमा गरिएको लगानीले समग्र स्टक एक्सचेञ्जमा कायम गरेको सम्पूर्ण समूहको प्रतिनिधित्व गर्ने भएकोले यस फण्डलाई इन्डेक्स फण्ड भनिएको हो ।

३० वटा कम्पनीलाई कसरी सेलेक्ट गर्नु हुन्छ ? त्यसका आधारहरु के के हुन् ?

यस योजनाको नामनै सेलेक्ट–३० रहेको छ । जसको अर्थनै ३० वटा उत्कृष्ट कम्पनीहरु छनौट गरी लगानी गर्ने हुन्छ । आम जनमानसमा सूचिकृत कम्पनीको संख्या धेरै हुँदा कसरी ३० वटा कम्पनीमा मात्रै लगानी गर्ने सम्बन्धी निर्णय लिइन्छ भन्ने कौतुहलत्ता हुनु स्वभाविक नै हो । यस योजना अन्तर्गत लगानी गर्ने कम्पनीहरु छनौट गर्दा आन्तरिक प्यारामिटरहरु जस्तै कम्पनीको फण्डामेन्टल अन्तर्गत विगतमा कम्पनीले गरेको प्रफमेन्स तथा भविष्यमा गर्न सक्ने ग्रोथ आदी हेरेर कम्पनीहरुको सूचि तयार पारिन्छ र उक्त सूचिमा परेका कम्पनीहरु मध्ये पनि ३० वटा कम्पनी छनौट गर्दा मार्केट क्यापिटलाइजेसन, नेप्स इन्डेक्ससंगको कोरिलेसन र अन्य प्यारामिटरहरु जसले समग्र परिसूचकको प्रतिनिधित्व गर्ने गरी ३० वटा कम्पनीको बास्केट तयार गरि लगानी गरिन्छ ।

बुलिस ट्रेण्डको माथिल्लो विन्दुमा म्युचुअल फण्ड ल्याउदै हुनुहुन्छ । बजार सधै बढिरहदैन । बजार घटिरहेको अवस्थामा चाँही लगानीलाई कसरी सुरक्षित गर्नु हुन्छ ?

हाल धितोपत्रको दोश्रो बजार माथिल्लो विन्दुमा रहेको छ । तर कति बिन्दुलाई माथि भन्ने हो त्यसको लेखाजोखा गर्नु आवश्यक देखिन्छ । बजारको सुन्दर पक्ष भनेको नै कहिले घट्ने कहिले बढ्ने हो । बजार बढ्दैमा सम्पुर्ण सुचिकृत कम्पनीहरुको शेयरको मुल्य बढ्दैन र घट्दा सम्पुर्ण सुचिकृत कम्पनीहरुको शेयर घट्दैन भन्न सकिदैन । अहिले धितोपत्रको दोश्रो बजार बढेपनि कतिपय राम्रा मानिएका कम्पनीहरुको शेयर मुल्य अझै अन्डर भ्यालु रहेको देखिन्छन् । अहिले नेप्से परिसूचक बृद्धि हुनुमा नयाँ नयाँ सूचिकृत कम्पनीहरुको संख्या बढदै जाँदा पनि केहि हदसम्म परिसूचक बृद्धि हुनुमा महत्वपूर्ण भुमिका खेलेको देखिन्छ । यस्तो अवस्थामा इन्डेक्स हेरेर लगानी गर्ने निर्णय लिनु भन्दा पनि सुचिकृत कम्पनीहरुको प्रफमेन्स हेरेर लगानी सम्बन्धी निर्णय लिदा उचित प्रतिफल प्राप्त गर्न सकिन्छ । यस योजनाको अधिकाशं रकम सुचिकृत कम्पनीहरुको गहन अध्ययन गरेर राम्रा मध्ये उत्कृष्ट ३० वटा कम्पनीहरु छनौट गरी लगानी गरिने हुँदा लगानी गरिएका कम्पनीहरुबाट राम्रो प्रतिफल प्राप्त हुन्छ । ३० वटा कम्पनीमा लगानी गरिएता पनि समय समयमा लगानी गरिएका कम्पनीहरु तथा अन्य सुचिृकत कम्पनीहरको आर्थिक पक्षको  गहन अध्ययन गरि लगानी गरिएका कम्पनीहरुको मुल्यङ्कन गरि लगानी गरिने कम्पनीहरु फेरबदल गरिने हुँदा बजारमा आउने उतार चडाबबाट अझ बढी अवसर लिन किन्छ ।

दोस्रो बजारको जोखिमलाई कसरी व्यवस्थापन गर्नु हुन्छ ?

योजनाको रकम लगानी गर्दा गहन अध्ययन गरेर मात्र लगानी सम्बन्धी निर्णय लिने हुँदा लगानी गरिने कम्पनीहरुले भविष्यमा वितरण गर्न सक्ने लाभांश तथा कम्पनीले भविष्यमा गर्न सक्ने ग्रोथ लगायत अन्य फण्डामेन्टहरु हेरेर मात्र लगानी गरिने हुँदा लगानी सुरक्षित हुनुको साथै उचित प्रतिफल प्राप्त गर्न सकिन्छ । विशेष गरि दोश्रो बजारमा हुने अन सिस्टमेटिक रिक्सलाई कम गर्नको लागि लगानी विविधिकरणको रणनीति मार्फत व्यवस्थापन गर्दछौं भने सिस्टमेटिक रिक्सलाई कम गर्नको लागि यसमा देखिने बिटा, मार्केट भोलाडिटीलाई हेरी लगानी गर्ने निर्णय गरिन्छ । साथै स्थिर आय हुने उपकरणहरुमा गरिने लगानी डाईनामिक प्रकृतिको हुने गरि लगानी गरिने छ ।

विगत तीन वर्षमा अधिकाम्स म्युचुअल फण्डहरु नोक्सानमा देखिए । बजार लगातार गिरावट हुने क्रममा सूचकमा जसरी गिरावट देखियो म्युचुअल फण्डको न्याभ भ्लालुमा पनि त्यहि अनुपातमा ऋणात्मक भयो । गएका वर्षलाई हेरेर तपाईहरुको खास रणनीति के छन् जसले गर्दा न्याभ भ्यालु घट्ने छैन ? 

धितोपत्रको दोश्रो बजार घटेको समय अर्थात बजार घटेर न्युन बिन्दुमा रहदा कही म्युचुअल फण्डको न्याम मात्र ऋणत्माक रहेको थियो । यसो हुनुमा प्रमुख कारण भनेको हाल बजारमा संचालनमा रहेको सामूहिक लगानी कोष योजनाहरु इक्वीटी ओरियनटियट प्रकृतिका छन । तीनको अधिकाशं रकम सुचिकृत कम्पनीहरुमा रहेको देखिन्छ । दोश्रो बजार बढेको समयमा म्युचुअल फण्डको न्याम पनि बढ्ने र बजार घटेको समयमा म्युचुअल फण्डको न्याभ पनि घटने स्वभाविक नै हो । तर बजारको उतार चढाबमा अवसर लुकेको हुन्छ र तेस्तो अवसरलाई इनक्यास गर्ने काम फण्ड म्यानेजरको हो । हामीहरुले संचालन गरिरहेका योजनाहरुको न्याभ अहिले सम्म ऋणत्मक नरहेको र सुरुको वर्ष देखिनै प्रक्षेपण गरिएको लामाशं दर भन्दा बढी प्रतिफल बितरण गर्न सफल भएका छौं ।

त्यसैले हामीहरुले एन आई सी एशिया सेलेक्ट ३० फण्डको अधिकाशं रकम सुचिकृत कम्पनीहरु मध्ये उत्कृष्ट जम्मा ३० वटा कम्पनीहरुमा लगानी गरिने छ । जसले बजार घट्दो अवस्थामा रहेता पनि राम्रो रिर्टन प्राप्त गरी योजनाको इकाईधनीहरुलाई प्रतिफल वितरण गर्न सकिने छ ।

लगानीकर्ताले एनआईसी एशिया सेलेक्ट फण्डमै किन लगानी गर्ने ?

हाल बजारमा संचालनमा रहेका फण्डहरु भन्दा हामीले संचालन गर्न लागेको फण्डको नेचर फरक रहेको छ । दोश्रो बजारमा शेयर खरिद बिक्री गर्ने भन्ने सवैको इच्छा चाहान हुन्छ तर कस्ता कम्पनी किन्ने कहिले किन्ने र कहिले बच्चे भन्ने निर्णय लिन आम लगानीकर्ताहरुलाई निकै गाह्रो विषय हुन सक्छ । त्यसैले हामीहरुले शेयर बजारमा लगानी गर्न मन भएका तथा शेयर बजार सम्बन्धी ज्ञान कम भएका सर्वसाधरण तथा संघ संस्थाहरुले यस योजनामा लगानी गर्दा उचित प्रतिफल प्राप्त गर्ने छन । अर्को शब्दमा भन्दा यस फण्डमा संकलित रकमले धितोपत्रको दोश्रो बजारमा सूचिकृत सम्पूर्ण समुह उप–समूहमा रहेका राम्रा मानिएका कम्पनीहरु छनौट गरि लगानी गरिने हुँदा फण्डमा लगानी गर्ने इकाई धनिहरुले सानो रकम लगानी गर्दा पनि सूचिकृत कम्पनीहरु मध्ये राम्रा मानिएका कम्पनीहरुबाट लाभ लिन सक्ने हुँदा यस योजनामा निर्धक्क संग लगानी गर्न अनुरोध गर्दछौं ।

साथै लगानीकर्ताहरुलाई हामिले विगतमा संचालन गरिहेका फण्डहरुको प्रफमेन्स हेरेर पनि हामीहरुले संचालनमा ल्याउने नयाँ योजनाहरुमा लगानी गर्ने सम्बन्धी निणर्य लिन सहज हुने विश्वास लिएको छु ।

सात वर्षको अवधिमा इकाईधनीले कतिसम्म लाभांस प्राप्त गर्न सक्छन् ?

यस एन आई सी एशिया सेलेक्ट–३० फण्डमा लगानी गर्ने इकाईधनिहरुले योजना संचालनमा आएको पहिलो वर्ष देखिनै नगद लाभाँश प्राप्त गर्न सक्नेछन् । हामीले पहिलो वर्षमानै कम्तिमा १० प्रतिशत तथा दोश्रो वर्ष देखि कम्तिमा १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रक्षेपण गरेका छौं । समग्रमा यस योजनामा लगानी गर्ने इकाईधनिहरुले कम्तिमा १४३ प्रतिशत भन्दा बढी रिर्टन प्राप्त गर्ने प्रक्षपण गरिएको छ ।

यहाँहरुले हाल संचालन गरिरहेका योजनाहरु र अहिले संचालन गर्न लाग्नु भएको योजना एन आई सी एशिया सेलेक्ट ३० फण्डमा के के फरक रहेका छन ?

यो योजना संचालन गर्नु भन्दा अगाडी हामीहरुले दुईवटा बन्दमुखी योजनाहरु एन आई सी एशिया ग्रोथ फण्ड, एन आई सी एशिया ब्यालेन्सड् फण्ड  तथा एउटा खुलामुखी योजना एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड संचालन गरिरहेको छौं । जुन योजनाहरु अहिले संचालन गर्न लागिएको भन्दा फरक छन् । अहिले संचालन गर्न लागिएको योजनाको प्रमुख विशेषता भनेको यो एउटा इन्डेक्स फण्ड हो । यस योजनाको न्याभले समग्र शेयर बजार परिसूचकलाई रिफ्लेक्सन गर्दछ भने यस अगाडी संचालनमा रहेका योजनहरु मध्ये एउटा फण्ड ग्रोथ प्रकृतिको हो जसको अधिकाशं रकम इक्वीटीमा लगानी गरिन्छ । अर्को योजना ब्यालेन्सड् प्रकृतिको फण्ड हो जसको रकम इक्वीटी तथा स्थिर आय हुने उपकरणमा लगानी गरिन्छ । त्यसै गरि यस क्यापिटलद्धारा संचालित पहिलो खुलामुखी योजना एन आई सी एशिया डाईनामिक डेप्ट फण्डको अधिकाशं रकम निश्चित आय हुने उपकरणहरुमा लगानी गरिन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS