राष्ट्रिय वाणिज्य बैंकद्धारा सगरमाथा आरोहणदललाई आर्थिक सहयोग

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सगरमाथा आरोहणदललाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सगरमाथाको सफल आरोहण गर्ने बाबु पूर्णकुमार शेर्पा र छोरा सोनाम शेर्पाको फादर एण्ड सन्स् क्याम्पेनलाई सहयोग पुग्ने गरी चेक हस्तान्तरण गरेको हो ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले तीन लाख रुपैयाँ बराबरको चेक आरोहणदललाई संयोजन गरिरहेको संस्था ग्लोबल्ली कन्सर्न सेन्टर फर क्लाइमेट चेन्जलाई मंगलवार हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा गत मे २३ का दिन सगरमाथाको चुचुरोमा फहराइएको राष्ट्रिय वाणिज्य बैंकको झण्डाको तस्वीर बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई सगरमाथा आरोहीहरुले हस्तान्तरण गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार