IME Life
Beema Board

नेप्से सामान्य अंकले घट्यो, १६ अर्ब ५२ करोडको कारोबार हुँदा पुनर्बीमाको सर्वाधिक

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ३ दशमलव ७२ अंकले घटेर ३,०२२ दशमलव ११ को विन्दुमा कायम भएको छ । आज ३२ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने १४२ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज होटल एण्ड टुरिजम, उत्पादनमुलक, इन्भेष्टमेन्ट, म्युचुअल फण्ड र अन्य उपसूचक बढेका छन् ।

आज दिनभरिमा २ सय २६ कम्पनीको ३ करोड ९ लाख ४८ हजार ८ सय ५३ कित्ता शेयर किनबेच हुँदा १६ अर्ब ५२ करोड ८७ लाख ४९ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरे नेपाल पुनर्बीमा कम्पनीको ७६ करोड ३० लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य ६२ रुपैयाँले बढेको छ । हाइड्रोइलेक्टिसिटि एण्ड इन्भेष्टमेन्ट कम्पनीको ५२ करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २४ रुपैयाँले बढेको छ ।

Prabhu
Crest

त्यस्तै, हिमालयन डिस्टीलरीको ४२ करोड ३ लाख रुपैयाँको शेयर कारोबार कम्पनीको कम्पनीको शेयर मुल्य २ सय ४३ रुपैयाँले बढेको छ । अरुण भ्याली हाइड्रो पावर कम्पनीको ३४ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रो पावर कम्पनीको ३४ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सिइडिबी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले ९ दशमलव ८८ प्रतिशतका दरले कमाएका छन् । खानिखोला हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ८२ प्रतिशतका दरले कमाएका छन् । यूनियन हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ दशमलव ७८ प्रतिशतका दरले कमाएका छन् भने आज सबैभन्दा धेरै छ्याङदी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ७ दशमलव ६६ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS