IME Life

नयाँ लाइसेन्स पाएको हिमालयन रि-इन्स्योरेन्स ‘कम्पनी रजिष्ट्रार कार्यालय’मा दर्ता

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिबाट पुनर्बीमा कम्पनीको लाइसेन्स पाएको हिमालयन रि- इन्स्योरेन्सले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गरेको छ । समितिले जेठ १७ गते प्रारम्भिक आशय पत्र प्रदान गरेको हो । लाइसेन्स पाए सँगै कम्पनीले जेठ २३ गते दर्ता गरेको हो । पब्लिक कम्पनीको रुपमा दर्ता भएको हिमालयन रि इन्स्योरेन्सको दर्ता नम्बर २ लाख ६३ हजार ६१८ (२६३६१८) रहेको छ ।

यस कम्पनीमा नेपाल उद्योग बाणिज्य महासंघका वर्तमान तथा निवर्तमान गरि तीन जना अध्यक्ष रहेका छन् । वर्तमान अध्यक्ष शेखर गोल्छा, निवर्तमान अध्यक्ष भवानी राणा र पुर्व अध्यक्ष पशुपति मुरारकाको लगानी रहेको छ । त्यस्तै नेपाल उद्योग परिसंघका वर्तमान अध्यक्ष तथा लक्की ग्रुपका सतिश मोर, शंकर ग्रुपका शाहिल अग्रवाल र सुलभ अग्रवाल, के.एल. दुगड ग्रुपका विकास दुगड, एम.भी. दुगड ग्रुपका विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्ता लगायतको लगानी रहेको छ ।

Prabhu
Crest

कम्पनीको जारी पूँजी १० अर्ब रुपैया तोकिएको छ । जस मध्ये सर्वसाधारणका लागि तीन अर्ब रुपैयाँ प्राथमिक शेयर जारी गरिने भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS