IME Life

नेको इन्स्योरेन्सको १५.५ प्रतिशत बोनस शेयर घोषणा, चुक्ता पूँजी एक अर्ब ५२ करोड रुपैयाँ पुग्ने

SPIL
NIC ASIA

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले १६ दशमलब ३२ प्रतिशत लाभांस घोषणा गरेको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/२०७७ को मुनाफाबाट १५.५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८२ प्रतिशत नगद लाभांस घोषणा गरेको हो ।

कम्पनीले घोषणा गरेको लाभांस आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले प्राप्त गर्न सक्ने छन् । गत वर्ष नगद लाभांस दिएको कम्पनीले यस वर्ष पूँजी बढाउन बोनस शेयरलाई प्राथमिकता दिएको हो । हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ३१ करोड रुपैयाँ रहेको छ । कम्पनीले घोषणा गरेको २० करोड ४२ लाख रुपैयाँको बोनस शेयर वितरण पछि चुक्ता पूँजी एक अर्ब ५२ करोड रुपैयाँ पुग्नेछ । हाल दोस्रो बजारमा कम्पनीको शेयर मूल्य १७०७ रुपैयाँ रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनका लागि बुक क्लोज नगर्दासम्म कायम शेयरधनीले प्रस्तावित लाभांस प्राप्त गर्न सक्ने छन् ।

Prabhu
Crest

कम्पनीले विगतका वर्षमा वितरण गरेको लाभांस

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS