IME Life

शेयर बजारमा संसद विघटनको प्रभाव किन देखिएन ?

SPIL
NIC ASIA

काठमाडौं । संसद विघटनको प्रभाव यस पटक शेयर बजारमा देखिएन । शनिवार मध्यरातमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गर्नुका साथै निर्वाचनको घोषणा गरेकी थिइन । राष्ट्रपतिको यस्तो कदमले आइतबार शेयर बजारमा पहिरो जान सक्ने अनुमान गरिएको थियो ।

पुस ५ गते राष्ट्रपतिले संसद विघटनको घोषणा गर्दा शेयर बजारमा पहिरो गएको थियो । तत्कालिन समयमा शेयर बजार ९७ अंकले ओरालो झरेको थियो । लगानीकर्ताले सोहि अवस्थालाई मध्यनजर गर्दै आज पनि शेयर बजारमा पहिरो झर्ने अनुमान गरेका थिए ।

Prabhu
Crest

आइतबार प्रि ओपनिङ सेसनमा नेप्से सूचक १८ दशमलब ३२ अंकले घट्यो । त्यस्तै प्रिओपनिङ सेसन पछि केहि समयमै ४८ अंक भन्दा धेरैले घट्यो तर बजार केहि समयमै वाउन्स हुँदै हरियो देखियो । गत पुस ५ गते राष्ट्रपतिले संसद विघटन गर्दा केहि दिन घटेर पुनः लगातार सुधार भएको थियो । सोही सन्दर्भलाई मूल्याङ्कन गर्दै लगानीकर्ताहरु आज आइतबार घटेको मौका छोप्दै शेयर किन्ने मुडमा थिए । अधिकाम्स लगानीकर्ता शेयर बिक्री गर्ने भन्दा पनि घट्यो भने खरिद गर्ने मनस्थितिमा थिए । यहि मनस्थितिले बजार पहिरो जानबाट रोकियो ।

प्रि ओपनिङ सेसन

यस्तो समयमा पनि किन बढ्यो शेयर बजार ?

अधिकाम्स लगानीकर्ताको मनोविज्ञान बजार अझै केहि समय लगातार बढ्छ भन्ने रहेको छ । यहि मनोविज्ञानका कारण आजको अन्योलताको अवस्थामा पनि शेयर बजार घट्ने भन्दा पनि बढ्ने अवस्था शिर्जना भयो । गत पुसमा पनि केहि दिन घटेर लगातार बढेको थियो । अहिले पनि आर्थिक अवस्था पुसको भन्दा खासै फरक छैन । अझ कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार तथा स्थानीय निकायले निषेधाज्ञा तथा लकडाउन गरिरहेका छन् । यसले गर्दा व्यापार व्यवसाय गर्नेहरु पनि शेयर बजारमै छैन ।

सुरुमा ४८ अंकले घटेपछि वाउन्स व्याक हुदै सुधार

ठुला ठुला लगानीकर्ता तथा संस्थागत लगानीकर्ताहरु पनि आफु सँग भएको सम्पुर्ण स्रोत साधन शेयर बजारमै प्रयोग गरिरहेका छन् । यसले गर्दा अहिलेको समय शेयर बिक्री गर्ने भन्दा पनि आफु सँग भएको पैसा शेयर बजारमै लगानी गर्नेहरु बढेका छन् ।

राष्ट्रपतिले संसद विघटन गरे पनि यसको विरुद्धमा आज सर्वोच्चमा मुद्दा परिसकेको छ । राष्ट्रपतिको कदम विरुद्ध पुनः सर्वोच्च अदालतमा केहि समय बहस हुनेछ । सर्वोच्च अदालतको निर्णय पछि मात्रै राजनीतिक मुद्दा अर्को चरणमा प्रवेश गर्नेछ ।

कोभिड १९ को रोकथाम तथा नियन्त्रणका लागि स्थानीय निकायले निषेधाज्ञा गर्दा गर्दा बैंकहरुले कर्जा प्रवाह गर्न सकेका छैनन् । तरलता धैरै हुँदा अन्तर बैंक व्याजदर घट्न थालेको छ । एकल अंकमा झरेको आधार व्याजदर केहि समयदेखि स्थिर छ। अझै केहि समय व्याजदर बढ्न सकेको छैन ।

बैंकमा तरलता बढ्न थाले सँगै ठुला लगानीकर्ता तथा संस्थागत लगानीकर्तालाई बैंकहरुले बोलाइ बोलाइ शेयर धितोकर्जा प्रवाह गरिरहेका छन् । तरलता बढ्न थाले पछि बोलाइ बोलाइ कर्जा दिने अनि तरलता घट्दै जान थाले पछि पुनः कडाई गर्ने प्रवृत्ती बढेको छ ।

अहिले अन्य क्षेत्रमा लगानी गर्न छुट्टाएको रकम शेयर बजारमा प्रयोग भैरहेको छ । व्यापार व्यवसाय गर्ने अधिकाम्स व्यापारी अहिले शेयर बजारमा छन् । अर्को तर्फ बैक तथा वित्तीय संस्थामा काम गर्ने र अन्य क्षेत्रका जागिरे पनि आफु सँग भएको थोरै थोरै बचत लिएर बजार प्रवेश गरेका छन् ।

अनलाइन प्रणालीका कारण सबैले घरमै बसेर शेयर कारोबार गर्न सकिन्छ । अनलाइन प्रणालीका कारण पनि पछिल्लो शेयर बजार सबैभन्दा धेरै सहज बन्दै गैरहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS