IME Life

प्रभु सेलेक्ट फण्डमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले जेठ ५ गतेदेखि निष्काशन गरेको प्रभु सेलेक्ट फण्ड सामुहिक लगानी कोषमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । क्यापिटलले १० रुपैयाँ अंकित मूल्यको १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई निष्काशन गरेको हो । जसमध्ये १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक प्रभु बैंक र प्रभु क्यापिटलले कोषको व्यवस्थापकको रुपमा खरिद गर्नेछन्, भने बाँकी ८ करोड ५० लाख इकाई सर्वसाधारण तथा संस्थागत लगानीकर्ताहरुलाई छुट्याइएको छ ।

शुक्रबारसम्ममा मागभन्दा १.५३ गुणा धेरै इकाईका लागि आवेदन परिसकेको क्यापिटलले जनाएको छ । तेश्रो दिनसम्ममा ५६ हजार ३ सय १२ जना आवेदकबाट १ अर्ब ३० करोड ६२ लाख ६ हजार रुपैयाँ बराबरको १३ करोड ६ लाख २० हजार ६ सय ईकाइका लागि आवेदन परेको हो । इक्रा नेपालले यो योजनालाई एएमसी ३ रेटिङ प्रदान गरेको छ ।

Prabhu
Crest

लगानीकर्ताले यस फण्डमा छिटोमा ९ गते र र ढिलोमा जेठ १५ गतेसम्म आवेदन दिन पाउने व्यवस्था थियो तर कम्पनीको म्युचुअल फण्डमा छिटो अवधिमै माग भन्दा बढी आवेदन परेकाले आजबाट उक्त इकाई बिक्री बन्द हुनेछ । आवेदकले न्युनतम १ सय इकाईदेखि अधिकतम ८ करोड ५० लाख इकाईको लागि आवेदन दिन सक्नेछन् ।

उक्त फण्डको इकाईमा लगानीकर्ताहरूले धितोपत्र बोर्डबाट सीआस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS