IME Life

बचत,सुरक्षा र लगानीको लागि जीवन बीमा सर्बोत्तम वित्तीय योजना हो :शोभाखर अधिकारी

SPIL
NIC ASIA

शोभाखर अधिकारी एलआइसी नेपालको एजेन्सी म्यानेजर हुन् । लामो समयसम्म शिक्षण पेशामा आबद्ध अधिकारी छोटो समयमा नै बीमा क्षेत्रमा जम्न थाले । उनी भन्छन् “जीवन बीमा गराउन अभिकर्ता भएर मात्र हुन्न, पेशागत अभिकर्ता रोज्ने अनी राम्रो बीमा योजना छनौट गरी जीवन बीमा गराउनुपर्छ ।  बीमा अभिकर्ता पेशा जनचेतनाको रुपमा बीमा शिक्षा दिने पेशा हो । सबै पेशा महत्वपूर्ण हुन्छ तर बीमा अभिकर्ता पेशा मेरो लागि उपलब्धिपुर्ण पेशा हो । दुःखमा परेको परिवारलाई आँसु पुछ्न प्रेरणामय उपलब्धीहरु छन् जुन देशभरिका मेरा बीमितहरुको आशीवार्द, पीडितका अनुहारमा राहत पाउँदा देखिएको चमक नै मेरो उपलब्धीको सर्वोच्च शिखर हुन् ।” उनै अधिकारीसँग इन्स्योरेन्स खबरले बीमा क्षेत्र, बीमा अभिकर्ता पेशासँग सम्बन्धी गरेको कुराकानीको सार  :

बीमा के हो ? किन आवश्यक छ?
आज हामीले संसारमा सकारात्मक तथा नकारात्मक घटनाहरु जहाँ कहि पाउछौ । सकारात्मक विषयबस्तु, घटना सवैको लागि प्रिय हुन्छ । तर नकारात्मक विषयवस्तु घटना जो कसैको लागि अप्रिय लाग्दछ । नकारात्मक कुराहरुमाथि मानिसको नियन्त्रण कम हुन्छ । नकारात्मक हुने सम्भावनाले जोखिमको जन्म गराउँदछ । आपत विपतहरु विभिन्न घटनाहरुबाट आउने हुँदा त्यो जोखिमहरुबाट सुरक्षा प्राप्त गर्नको लागि गरिने क्षतिपूर्तिको ग्यारेन्टी नै बीमा हो ।

Prabhu
Crest

घर, सम्पत्ति, कलकारखाना, गोदाम, पसल, सवारी साधन, आगजनी, दुर्घटना, भूकम्प, युद्ध, चोरी, डकैती, मृत्यु आदि कारणवस नाश हुन सक्ने सम्भावना नै जोखिम हो । मानवीय तथा भौतिक सम्पत्ति सम्बन्धी अनेकन जोखिमहरुको कारण कुनै व्यक्ति संघ÷संस्थाहरुलाई हुने क्षतिले गर्दा निम्तने भयावह परिणामबाट राहतको लागि भरणपोषण पाउने हेतुले बीमा अभिकर्ता र बीमितबीच गरिने सम्झौता नै बीमा हो ।

प्रतिकुल दुस्परिणामहरुबाट आर्थिक सुरक्षण गरी अनिश्चिततालाई कम गरी बीमितलाई राहत दिने विषयवस्तु बीमा हो । बीमाको इतिहास सामुन्द्रिक बीमाबाट, आगजनी बीमा, जीवन बीमाको रुपमा हामी आज विभिन्न खालका बीमाका प्रकारहरु अहिले पोलिसी बजारमा सेवाको रुपमा खरिद गरी बीमित ढुक्क हुने विषयवस्तु बनेको छ बीमा

जीवन बीमा किन महत्वपूर्ण छ ?
जीवन बीमा विषय दुई शब्द एक आपसमा मिलेर जीवन बीमा भएको हो । जीवन भन्नाले मानवीय जीवन र बीमा भन्नाले सम्भावित क्षति विरुद्धको सुरक्षण, यसर्थ मानवीय जीवनको सम्भावित क्षति विरुद्र गरिने सम्झौता नै जीवन बीमा हो । हाल जीवन बीमा विशेषत जोखिमको हस्तान्तरण, वचत तथा लगानीको लागि महत्वपूर्ण छ । जीवनमा हुन सक्ने विरामी, दुर्घटना, आयुको कारण मानिसको मृत्युको सम्भावनाका कारण क्षति हुने कुरालाई जीवन बीमाले कुनै ब्यक्तिको जोखिम हस्तान्तरण बीमा कम्पनीमा गरी कुनै वखत मानवीय क्षति हुँदा भरणपोषण आश्रित परिवारलाई गर्ने व्यवस्था गरिएको हुन्छ । त्यस्तै यदि जीवन बीमामा लगानी गरिएको रकम सम्भावित क्षति नभए पनि अन्त्यमा लगानी गरिएको रकम खेर जाँदैन र वचतको रुपमा जम्मा रहन्छ । पछि वोनस सहित बीमितलाई हस्तान्तरण गरी लगानीको रुपमा पनि जीवन बीमा महत्वपूर्ण छ । त्यस्तै कुनै अवधिभित्र जीवन बीमाबाट कर सहुलियत लिन सक्ने व्यवस्था सहित आयकर ऐनमा भएको व्यवस्थाले गर्दा आजकल आम जनमानसमा जीवन बीमाको महत्व वढेको छ ।

जीवन बीमाका फाइदाहरु के–के हुन ?
जीवन बीमा हरेक व्यक्तिको पारिवारिक आर्थिक सुरक्षाको लागि जरुरी हुन्छ, एउटा परिवारको मुख्य मानिस जसमा परिवारको आय निर्भरता हुन्छ । उसको अभावमा परिवारलाई पर्न सक्ने आर्थिक अभावलाई तत्कालीन राहतको ब्यवस्थाका लागि जीवन बीमा प्रचलित छ । जीवन बीमाले कुनै व्यक्ति जिउदो हुँदा मुनाफा बीमितले पाउँछन् । अकालमा मृत्यु हुँदा क्षतिपूर्ति बीमितको परिवारले पाउँछ । दुर्घटना बाट अशक्त हुँदा राहत भत्ता बीमितले पाउँछ ।

बीचमा ऋण सुविधा बीमितले पाउछ । यसरी जीवन बीमा एक व्यक्तिलाई सुरक्षा कवचको रुपमा सुरक्षा गरेको हुन्छ । जीवन बीमा आर्थिक संरक्षणको साधन हो । यसमा मुनाफा सहित पाउने भएकोले एक उत्कृष्ट लगानीको विषय पनि हो । जीवन बीमाले बचत गर्ने बानीको विकास गराउछ । आज वारेन वफेटको सिद्धान्त अनुसार आम्दानी–बचत खर्चको अनुसार बचतको महत्वलाई दर्शाइएको छ । यसले फजुल खर्चलाई कटौति गरी आफू र आफ्नो भविष्यका लागि अनिवार्य वचतको विषय जीवन बीमामा लगानी गरेको रकम हुन्छ । यसर्थ जीवन बीमा बचतको विषय अथवा जीवन बीमा बचतको लागि पनि उत्तिकै महत्वपूर्ण छ ।

जीवन बीमाले आत्मसन्तुष्टीले जिउनको लागि प्रेरणा दिने गरेका कारण हाल सरकारले आयकरमा छुटको व्यावस्था गरेको छ यो व्यवस्थाले पनि जीवन बीमा एक पवित्र कार्य हो भन्ने प्रष्ट हुन्छ । किन भने आज जीवन बीमा अँगालेका परिवारले गाह्रो साह्रो पर्दाका वखत जीवन बीमामा वचत गरिएको रकम काम लाग्छ र जीवन बीमा कोषमा जम्मा भएको रकम राष्ट्रिय पुँजी बन्ने र त्यो राष्ट्रिय गौरवका आयोजनाहरुमा लगानी हुदाँ राष्ट्र निर्माणमा तपाईले गरेको जीवन बीमाको लगानीको प्रयोग हुने हुँदा यसले समग्र अर्थतन्त्रलाई चलायमान बनाउन अहम भूमिका खेल्दछ । जीवन बीमा भन्ने विषयले मानिसलाई धनी बनाउने काम नगरे पनि एउटा मुख्य मानिसको अभावमा त्यो परिवारलाई गरिब हुनबाट जोगाउछ । त्यसकारण जीवन बीमा एक कल्याणकारी योजना हो ।

बीमाका मुख्य फाइदाहरु यस्ता छन् ।
जीवित हुँदा पाउने परिपक्वता लाभ
मृत्यु हुँदा मृत्यु लाभ
अशक्त हुँदा पाउने अशक्त भत्ता
ऋण सुविधा
कर सहुलीयत
अनिवार्य बचत तथा उत्कृष्ट लगानी लगायतका फाईदाहरु हुन्छन् ।

तपाइको संस्थाले गर्दैै आएका कामहरु के के हुन् ?
हाम्रो संस्थाले नयाँ जीवन बीमा गराउन योग्य नागरिकहरुलाई जीवन बीमा योजनाहरुको बिक्री वितरण अकालमा भएका मृत्युहरुको मृत्यु दावी भुक्तानी, असक्त भत्ताको वितरण विमितलाई ऋण सुविधा प्रदान, जीवन बीमा शिक्षा तथा जनचेतना प्रदान गर्ने र परिवार तथा समाजको लागि जीवन बीमा किन फाइदाजनक छ त्यसको प्रकाश पार्ने, अधिकतम जनस्तरमा जीवन बीमाको सेवा विस्तार गर्ने काम गरिरहेका छौ । जीवन बीमा सम्बन्धी सूचना, जानकारीहरु जनमानसमा दिँदै सचेतना फैलाउने र समाहित गर्दै अगाडि बढ्ने ब्यवसायिक बाटो र पेशागत धर्म निर्वाह गरेका छौ ।

बीमाप्रति मानिसको आकर्षण बढाउन के गर्नुपर्ला ?
जीवन बीमा विषयवस्तु आग्रहको विषयबस्तु हो किनभने मानिस आफू जन्मेको आफूलाई थाहा हुँदैन अनि आफ्नो मृत्यु भएमा के–के होला परिवारलाई कतिको भौतिक तथा आर्थिक अभाव हुन्छ कमैले मात्र महशुस गरेका हुन्छन् । तर्सथ पनि यो यर्थाथ हो कि मानिसको जन्मसँगै मृत्यु पनि अवश्य भावी छ । हामी कति अकाट्य विषयप्रति अनभिज्ञतापूर्वक बाचिरहन सक्छौ । जस्तो कि एक जनाकोे आम्दानीको भरमा हामीले ठूला ठूला आयोजना, घर, सम्पत्तिहरु ऋणमा खरीद, निमार्ण गरेका हुन्छौ ।

यदि त्यो आम्दानी गर्ने ब्यक्तिको जीवन बीमा गरिएको भएमा अकस्मात त्यो ब्यक्तिको निधनले त्यस्ता सम्पत्तिहरु बेचविखन नगरिकन बाँचेका परिवारजनले संघर्र्ष गरी जिवीकोपार्जन गर्न हिम्मत जुटाउन बीमाको रकम थोरै भएपनि फलदायी हुन्छ । हामी यी यस्ता कुरा बुझ्नबाट अथवा सत्यताबाट भागिरहेका हुन्छौ तर जुन सत्यलाई अटेर गरेर हामी भागिरहेका हुन्छौ कहिलेकाँही त्यहि सत्यले हामी र हाम्रो परिवारलाई अपनाउन पर्ने सजगता नअपनाउँदा नराम्रोसँग आर्थिक समस्यामा आफ्नो परिवारलाई अञ्जानवस् पारेका हुन्छौ ।

त्यसर्थ जनमानसमा हाम्रो आग्रह यो हो कि जीवनमा हुनसक्ने अनि दुःखदायी क्षण मृत्युलाई पनि जीवन बीमाको माध्यमबाट योजनामा समेट्नुस्, यदि तपाइले सबैभन्दा दुःखदायी घट्ना घट्दाको लागि आफ्नो सुरक्षा गर्नुभएको छ भने सुखमा तपाइँको सोच नै तपाइँको सन्तुष्टीको मुस्कानको मुहान हुनसक्छ । आफू रहे या नरहे पनि आफ्नो परिवारको समृद्धिका लागि जीवन बीमा एक सुरक्षा कवच हुन्छ । यसतर्र्फ आग्रह गर्दै बचत, लगानी र सूरक्षाको लागि एक मात्र विकल्प रहित योजना नै जीवन बीमा हो ।

जीवन बीमालाई आम जनचेतनाको रुपमा बीमा शिक्षा दिनु पर्दछ । जीवन बीमाका फाइदाहरु घरघरमा पु-याउनु एक उपाय हो भने एक दक्ष अभिकर्ताको समग्र ब्यवहार नै समाधानकर्ता, सहजकर्ता, समाजसेवीको रुपमा गर्दै हामी जस्तै ब्यवसायिक अभिकर्ताहरु मार्फत जीवन बीमाको सेवा लिनको लागि आग्रह गर्दछौ । किनभने, आज एक दिनको रहरले लाग्ने अभिकर्ता यदि रोजियो भने उसले जीवन बीमाका सम्पूर्ण मर्म नबुझिकन बीमा गराएर बीमितलाइ छाडिदिँदा त्यो बीमितको मृत्यु हुँदा परिवारजनले भुक्तानीका विषय वस्तु नबुझनाले अभिकर्ताले दिनुपर्ने सेवा आफै गर्न बाध्यहुन्छन् त्यसले पीडित परिवारमा दुःख समस्या हुन सक्छ त्यो जीवन बीमाको विषयमा जनमानसमा नकरात्मक सन्देश दिने खालको घटना हुन सुक्छ । हरेक ब्यवसायमा जस्तै यो क्षेत्रमा काम गरिरहेको पेशागत अभिकर्ता रोजिएन भने समस्या हुन सक्छ किनकी जीवन बीमा गराउन अभिकर्तालाई मात्र अनुमति दिइएको हुन्छ । जीवन बीमा गराउँदा एक कुशल अभिकर्ताको छनोट गरी सेवा पाउनु पनि जीवन बीमाको आर्कषण हो ।

तपाई बीमाको यस फाँटमा कहिलेबाट लाग्नु भयो र कसरी यसतर्फ आर्कषित हुनुभयो ?
म जीवन बीमा क्षेत्रमा विगत १५ वर्ष अगाडिदेखि क्रियाशिल छु । पहिला म पनि यस विषय तर्फ त्यति रुची थिएन । एक जना अभिकर्ता जीवन बीमाको लागि आग्रह गर्दा मैले उहाँको आग्रहलाइ बेवास्ता गदै सो यो मृत्यु पछि पाउने रकमको मलाई कुनै मतलब छैन भन्दै टाढिदै बसे तर कुनै दिन यस्ता दुर्घटनाबाट आफू बालबाल बच्दा मात्र जीवन बीमाको महत्व त्यसबेला महसुश भयो । मानिस आफू मरेपछि संसार जेसुकैहोस् भन्ने हो भने त केही हुँदो रहेनछ तर आफू मरेपछि पनि आफ्नो परिवार सहजरुपमा खानपान, शिक्षादिक्षा होस् भन्ने चाहना हुनाले जीवन बीमा अवश्य गर्नुपर्छ किनकी दुःखको बेला नसोचेको ठाउँबाट आएको रकम अथवा क्षतिपूर्तिले विधवा अथवा अनाथलाई जुनकिरीकै रुपमा भएपनि बाच्ने भरोसा दिने आधार हुन्छ । यसैले मैले त्यसपछि जीवन बीमा आवश्यक छ भनेर आफै अभिकर्ता कहाँ गएर जीवन बीमा गराएको हुँ  । यसरी जीवन बीमा गराउन आवश्यक इजाजत पत्र बीमा समितिबाट लिइ निरन्तर क्रियाशिल पनि छु । १५ वर्षको अनुभवले यो क्षेत्रको सम्पूर्ण पक्षलाई अध्ययन गरी मनन गर्दै अगाडि बढ्दै गर्दा या क्षेत्र मेरो जीवनको रुचीकर पेशा बन्न पुगेको छ ।

यस क्षेत्रमा तपाइले प्राप्त गर्नुभएका मुख्य उपलब्धीहरु के के हुन ?
यस क्षेत्रमा म मनबाट भन्दा पनि दिलबाट क्रियाशिल छु किनकी जब मान्छे कुनै दुर्घटनाको डिलबाट आफ्नै मृत्यु आफै देख्दछ त्यसपछि मान्छे दिमाग भन्दा पनि दिल अथवा हृदयबाट निर्देशित हुन पुग्दछ । अहिले म यो क्षेत्रमा लागेर भ्रमपूर्वक जीवन विताइरहेका लगाएतका जीवन बीमा सेवाबाट बाहिर रहेका जो आफ्नो मृत्यु पछि पनि मानव सभ्यता कायम रहोस् । अथवा सहजतापूर्वक आफ्ना आफन्तहरु जीवन विताउन भनेर आफू वितेपनि नवितेपनि आफ्ना आफन्तको सुन्दरतम संसार चाहनेहरुलाई सेवा दिनु मेरो रोजाइको कारण यो क्षेत्रमा निरन्तर सफलता प्राप्त गरेको छु । सबै पेशा महत्वपूर्ण हुन्छ चाहे डाक्टर, इन्जिनियर, वकिल, शिक्षक होस् म सवै पेशाको उच्च सम्मान गर्दै क्रियाशिल हुँदा स्वर्णपदक, बीमा रत्न, बीमा श्री, विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय कार्यक्रमहरुमा सहभोगिता जनाउँदै दुःखमा परेको परिवारलाई आँसु पुछ्न प्रेरणामय उपलब्धीहरु छन् जुन देशभरिका मेरा बीमितहरुको आशीवार्द, पीडितका अनुहारमा राहत पाउँदा देखिएको चमक नै मेरो उपलब्धीको सर्वाेच्च शिखर हुन् ।

जीवन बीमा किन गराउदा अभिकर्ता मिठो कुरा गरेर फकाउछन बीमा गराएको २ बर्ष पछि अत्तोपत्तो हुर्दन , मृत्युहुँदा त्यस्तो बीमितको परिवारले दुख पाउछन नी होइन ?
जिवन बीमा गर्नुस भनेर उत्प्रेरणा गर्ने त अभिकर्ताको धर्म नै हो तर बीमा गराएपछि हराउने अभिकर्ता संग त बीमा गराउन हुन्न । बीमा गराउनु भन्दा अगाडि बुझ्नु जरुरी छ उस्को ब्यवहार कस्तो छ । कतिको सहयोगि छन,समाजले कति पताएको मानिस हो । आर्थिक मामला भएको हुनाले विसम परिस्थतिमा फाइदा उठाउने खालको ब्यक्तिसंग बीमा गराउन हुदैन । त्यसता ब्यक्तिसंग बीमा गराउन भन्दा नगराउन उत्तम हुन्छ किनकी त्यी अभिकर्ताले समग्र बीमा बजारलाइ धमिल बनाएका छन । तपाइ जिवन विमा गर्नुस धनि बन्नुहुनेछ भन्ने अभिकर्ता अल्पज्ञानी हुन । बचत,सुरक्षा र लगानीको लागि जिवन बमिा सर्बोत्तम वित्तिय योजना हो ।

मानिसको मृत्युपछि पैसा पाउनलाई मानिसहरु जीवन बीमामा लागानी गर्न चाहदैनन्, किन ?
जीवन बीमा क्षेत्रमा लाग्नेहरुका लागि यो अत्यन्तै पेचिलो प्रश्न हो, यर्थाथ पनि । यहाँले ठीक भन्नुभयो । यो आम सोचमा रहेको समस्या हो तथापी हामी हार खाएका छैनौ । मृत्यु भएर गएका धेरै मानिसको योगदान माथी रजाइ गर्ने अनि यस्तो भन्नहुन्न । किनभने राइट दाजुभाइले हवाइजहाज आविश्कार गर्न ठूलो मूल्य चुकाएका छन हामीले निशूल्क उनीहरुको दिमागको फाइदा लिएका छौ ।

यथार्थ यहि हो यो संसारमा धेरै यस्ता विषयबस्तु छन त्यहाँ हाम्रो कुनै योगदान छैन तथापी हामी लाभान्वित भएका छौ । त्यसैले आफ्नो परिवार छोराछोरीलाइ आर्थिक रुपमा छतविक्षत बनाएर जुन अभिभावकको अकालमा मृत्यू हुन्छ त्यो ठुलो भुल हो । हामी उहाँहरुलाई अगाबै बुझाउने प्रयास गरिरहेका छौ कतिपयले बुझेर बीमा पोलिसी पनि खरिद गर्नुभएको छ कतिपय अझै बाँकी हुनुहुन्छ विस्तारै बुझ्नुहुनेछ आज बीमागर्ने जनसंख्या २२ प्रतिसत भएको छ जवकी हिजो मैले यो पेशामा आउदा ९ प्रतिशत मात्र जीवन बीमाको दायरा भित्र थिए ।

विस्तारै राम्रो हुदै छ हुन पनि पर्छ किनभने कुन बाबा आमा होला र ? म मरेपछि मेरो छोराले आर्थिक अभावमा पठनपाठन छोडेर बरालियोस्, को त्यस्तो श्रीमान् जो आफू मरेपछि जीवनसंगिनीले अनैतिक पेशा गरेर जीवन गुजारोस्, परिवार चलाओस् भन्ने होला र ?पक्कै पनि होइन । त्यसैले सबैले एकैचोटी नबुझेपनि विस्तारै यर्थाथ बुझनुहुनेछ भन्ने आशावादी छु । त्यसैले निरन्तर प्रयासरत छौ ।

यस पेशाबाट आत्मसन्तुष्टि हुनुहुन्छ ?
पहिले जीवन बीमा विषयप्रति आफै व्यवस्थापनको विद्यार्थी भएर पनि अन्जानमा सकरात्मक बनिन तर पछि कुरा बुझेपछि यहि क्षेत्र अगाल्न आइपुगे । आफूजस्तै भ्रममा बाचिरहेकाहरुलाई आँखा खोलिदिएको छु । यो विषयमा जनमानसमा जीवन बीमा सेवा प्रदान गर्दै हिडिरहँदा सहजतामा मेरा विमितहरुको सफलता प्रगतिले रोमाञ्चक बनाएको हुन्छ भने कोही विमितहरुलाई दूःख समस्याको अवस्थामा परेकालाइ जीवन बीमाको क्षतिपूर्तिले भएपनि सान्त्वना दिने आशा भरोसाको ब्यक्ति बन्न पाइदो रहेछ ।

आज मेरो विमितहरु जुनसुकै सम्प्रदाय, जुनसुकै राजनीति, धर्म, लिङ्ग भएपनि उहाँहरुको सुमधुर ब्यक्तित्व बन्न सफल भएको छु । पेशाको गरिमा मेरा विमितहरुको निरन्तर प्रगतिले आत्मसन्तुष्टि प्राप्त गर्न ठूलो हौसला हुँदोरहेछ । यसका अलावा मलाई विभिन्न अवार्डका अलावा जीवन बीमा क्षेत्रमा क्रियाशिल हुँदै गर्दा गरेको जीवन बीमा क्षेत्रमा शोध अनुसन्धानबाट जीवन बीमा विशेषज्ञको रुपमा कम्पनीले गरेको सम्मान मेरो जीवनको फरक मिठो आत्मसन्तुष्टीको विषय हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS