IME Life

एनएमबि बैंकले एक अर्ब ५० करोड रुपैयाँको उर्जा ऋणपत्र निष्काशन गर्ने

SPIL
NIC ASIA

काठमाडौं । एनएमबि बैंकले एक अर्ब ५० करोड रुपैयाँ बराबरको उर्जा ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले जेठ ९ गतेदेखि प्रतिइकाई १ हजार रुपैयाँको दरमा एक अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख इकाई ऋणपत्र निष्काशन गर्न लागेको हो । जसमध्ये ९ लाख इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ भने बाँकी ६ लाख इकाई सर्वसाधारणका लागि बिक्री गर्नेछ ।

बैंकले १५ वर्ष अवधिको ‘एनएमबि उर्जा ऋणपत्र ४ प्रतिशत २०९२/ ९३ नामको ऋणपत्र जारी गर्न लागेको हो । यसमा वार्षिक ४ प्रतिशत ब्याजदर रहनेछ ।

Prabhu
Crest

एनएमबि बैंकलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ ए माइनस’ रेटिङ दिएको छ । बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल रहेको छ

लगानीकर्ताले उक्त ऋणपत्रमा जेठ ९ गतेदेखि छिटोमा जेठ १२ गते र जेठ २२ गतेसम्म आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम ८ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।

उक्त ऋणपत्रमा विक्री प्रबन्धकसँगै ऋणपत्र खरीदका लागि आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तीनका शाखा कार्यालयसँगै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS