IME Life

प्रतिकुल अवस्थामा नेप्सेले बनायो नयाँ रेकर्ड, अबको टार्गेट कति ? यस्तो छ विश्लेषण

SPIL
NIC ASIA

काठमाडौं । कोभिड १९ को महामारीको प्रतिकुल अवस्थामा शेयर बजारले आइतबार ऐतिहासिक नयाँ रेकर्ड बनाएको छ । आइतबार नेप्से सूचक र कारोबार रकम दुबैमा नयाँ रेकर्ड बनेको हो । नेप्से सूचक अहिलेसम्मकै सर्वाधिक धेरै २७३८ दशमलब २९ अंक कायम भएको छ भने कारोबार रकम भने तेस्रो ठुलो हो । शेयर बजारले आज भन्दा ठिक एक महिना अगाडि बैशाख २ गते सर्वाधिक धेरै २७३५ दशमलब ४० अंकको रेकर्ड कायम गरेको थियो । एक महिनाको अवधिमा २२९ अंकको करेक्सन सँगै शेयर बजार पुरानै लयमा फर्किएको हो । कारोबार रकम भने यस भन्दा अगाडि सबैभन्दा धेरै १० अर्ब ६१ करोड रुपैयाँसम्मको भएको छ ।

आइतबार एकै दिन नेप्से सूचक ५४ दशमलब २१ अंकले सुधार हुने क्रममा १० अर्ब ४० करोड रुपैयाँको कारोबार भएको छ । २८ वर्षको इतिहासमा नेप्से सूचक सर्वाधिक धेरै कायम हुन सफल भएको हो । प्राविधिक विश्लेषकहरुका अनुसार शेयर बजारको अवको टार्गेट तीन हजार अंक भएकाले लगानीकर्ताको कन्फिडेन्स बढेको हो । अवको पहिलो टार्गेट तीन हजार र त्यस पछि केहि करेक्सन हुने र त्यस पछि पुनः तीन हजार नाघ्न उनिहरुको विश्लेषण छ।

Prabhu
Crest

शेयर बजार केहि दिनमै दुई तीन सय अंकले सुधार हुने भन्दै लगानीकर्ताले हौसिएर लगानी गरिरहेका छन् । स्थानीय प्रशानसले अधिकाम्स स्थानमा निषेधाज्ञा तथा लकडाउन गरेका कारण धेरै जसो लगानीकर्ताको ध्यान शेयर बजारमा केन्द्रित भएको छ । खालि समयलाई सदुपयोग गर्ने हिसावले पनि लगानीकर्ता अनलाइनबाटै शेयर कारोबार गरिरहेका छन् ।

बजार बढेको मौका छोप्दै आफु सँग भएको अलि अलि बचत लिएर पनि लगानीकर्ताले शेयर खरिद बिक्री गरिरहेका छन् । अहिलेको अवस्थामा विदेशबाट सामान आयात निर्यात गर्ने व्यापारी, एलसी तथा ओभर ड्राफ्टको सुविधा लिएर बसेका व्यवसायीहरु पनि बजार प्रवेश गर्दा आइतबार एकै दिन १० अर्ब ४० करोड रुपैयाँको कारोबार भयो । सोमबारदेखि कारोबार रकमले अझै नयाँ रेकर्ड बनाउने देखिएको छ ।

लामो समयदेखि रहेको रानीतिक अन्योलता पनि केहि हदसम्म साम्य भएको छ । जुन सकै अवस्थामा पनि अवको केहि समय केपी ओली नै प्रधामन्त्री बन्ने भएकाले केहि हदसम्म राजनीतिक अन्योलता पनि समाधान भएको भन्दै लगानीकर्ताको थप कन्फिडेन्स बढेको हो ।

अहिलेका अर्थमन्त्री शेयर बजार मैत्री भएकाले पनि लगानीकर्ताको मनोविज्ञान बढिरहेको छ । यस्तो अवस्थामा पनि जेठ १५ गतेसम्म शेयर बजार बढ्ने विश्लेषकहरु बताउछन् । जेठ १५ गतेको बजेट भाषणमा शेयर बजार मैत्री कुराहरु आउने विश्लेषण गरिएको छ । यस्तै अवस्थामा बजेट अगाडि शेयर बजारले ऐतिहासिक रेकर्ड बनाउने देखिन्छ ।

कोभिड १९ को बढ्दो प्रभावका कारण बैंकहरुले कर्जा प्रवाह गर्न सक्ने अवस्था छैन । कर्जा नजाने वित्तीकै बैंकको व्याजदर नघटे पनि तत्काल बढ्ने सक्ने अवस्था रहदैन । यदि अहलेको पेण्डामिक समय केहि लम्बियो भने कर्जा जाने सक्ने अवस्था रहदैन ।

नेप्सेमा सूचिकृत अधिकाम्स कम्पनीहरुले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । यस अवधिमा प्राय सबैको मुनाफा बढेको छ । बैशाख पहिलोसातादेखि करेक्सन देखिएको शेयर बजारमा बैशाखको अन्तिम सातासम्ममा खासै उल्लेख्य सुधार देखिएन । त्यसैले गर्दा कम्तिमा पनि अवको एक साता बजार लगातार सुधार देखिनेछ ।

गएका ६/७ महिनामा नयाँ डिम्याट खाता खोल्ने तथा प्राथमिक शेयरमा आवेदन दिनेको संख्या दोब्बरले बढेको छ । कतिपय प्राथमिक बजारका लगानीकर्ताले दोस्रो बजारमा पनि प्रवेश गरेकाले बजार सुधार हुन थप टेवा पुगेको विश्लेषकहरु बताउछन् । प्राथमिक शेयर बिक्री गर्नका लागि पनि दोस्रो बजारमा प्रवेश गर्नु पर्छ । दोस्रो बजारमा प्राथमिक बजारबाट भएको आर्जन सहित आफु सँग भएको बचतलाई पनि साना लगानीकर्ताले प्रयोग गर्दा शेयर बजार सुधारका लागि टेवा पुगेको विश्लेषकहरु बताउछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS