IME Life

नेपाल बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन

SPIL
NIC ASIA

काठमाडौं । नेपाल बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। बैंकले गत वैशाख २२ गतेबाट १ हजार रुपैयाँ अंकित दरमा ३ अर्ब ५ करोड रुपैयाँ बराबरको ३५ लाख इकाई ऋणपत्रमा निष्काशन गरेको थियो। उक्त ऋणपत्रको कुल इकाइमध्ये २१ लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी १४ लाख इकाइको सार्वजनिक निष्काशन गरिएको हो।

सार्वजनिक निष्काशन गरिएको १४ लाख इकाइमध्ये पनि ५ प्रतिशतले हुने ७० हजार इकाइ सामूहिक लगानी कोषका लागि छुट्याइएकोमा १५ हजार इकाइ बाँडफाँड गरी बाँकी १ अर्ब ३८ करोड ५० लाख रुपैयाँ ऋण पुँजी रकम बराबरको इकाइमा सर्वसाधारणका लागि आवेदन खुल्ला गरिएको छ।

Prabhu
Crest

बैंकले १० वर्षे अवधिको ‘८ दशमलव ५ प्रतिशत नेपाल बैंक ऋणपत्र–२०८७’ नामक ऋणपत्र निष्काशन गरेको हो । लगानीकतर्नालाई वार्षिक ८.५ प्रतिशत ब्याज उपलब्ध गराउनेछ।

लगानीकर्ताले उक्त ऋणपत्रमा न्यूनतम २५ इकाइ र अधिकतममा ३ लाख इकाइसम्मका लागि आवेदन दिन सक्नेछन् । ऋणपत्र निष्काशन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । ऋणपत्र निष्काशनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले बैंकलाई कम क्रेडिट रिस्क जनाउने इक्राएनपी आईआर सिंगल ए ग्रेडिङ प्रदान गरेको छ ।

लगानीकर्ताले विक्री प्रबन्धक, सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट यो ऋणपत्र खरीदका लागि आवेदन दिन सकिने व्यवस्था छ । साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सक्नेछन् ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS