IME Life

भविष्यका लागि आजै गरौ जीवन बीमा

SPIL
NIC ASIA

केदारनाथ (केशव) अधिकारी । जीवन बीमा बिमित ( बीमा गर्न चाहने व्यक्ति) र बीमक (बीमा कम्पनी) बीचको करार हो । मानिसको जीवनसँग सम्बिन्धित जोखिमको विरुद्ध गरिने बीमालाई जीवन बीमा भनिन्छ । यसमा बीमितबाट प्राप्त बीमा शुल्कको सट्टा बीमा कम्पनीले बीमा अवधिसम्म बिमित जीवित रहेमा उसलाई र  बीमा अवधिभित्र उसको मृत्यु भएमा उसको हकदारलाई पूर्व निर्धारित सर्तबमोजिमको रकम एकमुष्ट भुक्तानी दिने सम्झौता गरिएको हुन्छ । जीवन बीमा एकातिर भविष्यको लागि वचत गर्ने माध्यम हो भने अर्कोतिर कुनै पनि व्यक्तिको जीवन माथि भविष्यमा आई पर्ने सम्भावित जोखिम तथा दुर्घटनाबाट हुने आर्थिक क्षतिबाट बच्नका लागि गरिने एउटा  करार हो ।

जीवनयापनको सिलसिलामा विभिन्न आरोह अवरोधहरु सामना गर्ने क्रममा कसलाई कहाँ के हुन्छ ! पूर्व अनुमान लगाउन नसकिने कुरा हो । हामी भोलीको उज्ज्वल भविष्यको परिकल्पनाका साथ बेलुका निदाउँछौ र बिहान उठ्छौ तर भोली अघिल्लो दिनको जस्तै दिनभरिका सम्पूर्ण कार्य सहज तरिकाले सम्पादन गरी बिस्तारामा निदाँउन पुगिन्छ वा पगिँदैन त्यो कुरा शत प्रतिशत भन्न सकिने कुरा पनि होइन । मृत्यु सत्य हो तर त्यो मृत्यु कहिले भन्ने कुरा कसैले पत्ता लगाउन नसकिने कुरा हो ।

Prabhu
Crest

जीवन बीमाको दुईवटा पाटा छन् एउटा वचत अर्को भनेको सुरक्षा । यदी बीमा अवधिभर बीमा गर्ने व्यक्तिलाई केही नभएमा बिमितले बीमालेखमा तोकिएको रकम र उक्त अविधिमा प्राप्त हुने अतिरिक्त रकम (बोनस) प्राप्त गर्न सक्नेछन् । त्यस्तै बीचमा केही अप्रिय भएमा बीमा गर्ने व्यक्तिको परिवारले बीमाको रकम प्राप्त गर्दछन।

आजकल साना साना नानी बाबुहरुको जीवन बीमा गर्ने चलन धेरै छ । धेरैले नानीबाबुहरुको उच्च शिक्षाको लागि बीमा गराईदिने पनि गरेका छन् । त्यस्तै कसैले अवकाश पछिको लागि पनि जीवन बीमालाई प्रयोग गर्दै आएका पनि छन् ।

कल्पना गरौ केही वर्ष अघि कुनै राजमार्गको सडक खण्डमा पूर्ण यात्रु सवार सावरीमा बिजुलीको पोल लडी उक्त सवारी साधनमा सवार सबै यात्रुहरूको करेन्ट लागि अकालमै मृत्यु हुन्छ । उक्त सवारी साधनमा सवार सम्पूर्ण यात्रुहरू मध्ये एक दम्पत्तीले मात्र जीवन बीमा गरेको रहेछन । यसरी उक्त सवारी साधनमा सवार यात्रुहरूले अकालमै ज्यान गुमाउन पुग्दा उनीहरूका सन्तानको शिक्षा,दिक्षा र अन्य आधारभूतकुराहरु अन्योलमा पुग्न जान्छ । जसमध्ये बीमा गरिएको दम्पत्तीका सन्तान वा उनीहरुको हकवालाले भने बीमा बापत रकम भुक्तानी दाबी प्राप्त गरी सोबाट प्राप्त रकमले आफ्ना आधारभूत कुराहरु पुर्याउन सक्छन । जसले जीवन बीमा गरेका छैन्न उनीहरुले आफु पश्चात आफ्ना सन्तानलाई आर्थिक राहत दिन सक्दैनन, उनीहरुको सन्तान आधारभूत कुराबाट बन्चित हुन्छन । त्यसैले मृत्यु पछि पनि आफ्ना सन्तानलाई माया गर्ने एक माध्यम हो जीवन बीमा ।

जीवन बिमाका फाइदाहरु यस प्रकार रहेका छन् :
१) बीमा लगानीकोलाई एक भरपर्दो क्षेत्र हो । बीमा कम्पनीहरुलाई बीमा समितिले संचालन गर्नको लागि अनुमति दिएको हुन्छ।
२) अनिवार्य वचत र वचत गर्ने बानीको विकास हुने
३) बालवालिका, युवक हुँदै बुढेसकालसम्मका लागी सहारा हुने
४) दुर्घटनाबाट उत्पन्न आर्थिक नोक्सानीलाई न्यूनीकरण गर्ने
५) आयकरमा केही छुट
६) कर्जा सुविधा
७ ) आफुलाई केही भएमा आफ्ना सन्तानलाई धेरै राहत
८) अभिकर्ता भएर आर्थिक लाभ लिन सकिने
९) नानीबाबुको उच्च शिक्षाको लागि पनि प्रयोग हुन सक्ने

बीमा भविष्यमा उत्पन्न हुन जाने जोखिमको न्यूनीकरणका साथ–साथै वचत गर्ने एक पक्रिया पनि हो । बीमाबाट सानो पुँजी लगानी गरेर भविष्यमा राम्रै फाइदा लिन सकिन्छ । हाल नेपालमा १९ वटा जीवन बीमा कम्पनी अन्तर्गत रही आफ्नो अनि परिवारको जीवन बीमा गर्न सकिन्छ । दैनिक कार्य सम्पादनको सिलसिलामा नचाहँदा नचाहँदै केही घटना घट्न सक्ने हुँदा उपचारका लागि आवश्यक पर्ने रकम जोहो गर्न तथा जोहो गर्ने हिम्मत गर्न नसकेर कति मानिसको बाच्न सक्ने सम्भावना हुँदा हदै पनि अकाल मै ज्यान गुमाउनु परेको छ भने हकवाला समेतको लालन–पालनमा अनिश्चितता देखिने गरेको पाइएको छ । यस सन्दर्भमा हजुरहरु कोही बीमा गर्ने मनसायमा हुनु हुन्छ भने नजिकै रहेको तुलनात्मकता बोनस दर उच्च भएको कुनै पनि जीवन बीमा कम्पनीमा गई विभिन्न पोलिसीको बारेमा बुजेर भोलीको सुरक्षा गर्ने अभिप्रायले आजै आफ्नो अनि परिवारका अन्य सदस्यहरूको जीवन बीमा गराउनु होस ।

जीवन बीमा कतिको गर्ने ?
जीवन बीमा कतिको गर्ने भन्ने विषय तपाईको आफ्नो कुरा हो। तपाईलाई बीचमा नै केही भैहाल्यो भने तपाईको सन्तानलाई आर्थिक अभाव नपरोस भन्ने हिसाबले जस्तै तपाईले बीमा गर्नु पर्छ। तपाईलाई केही भएको अवस्थामा तपाईको परिवारले प्राप्त गर्ने बीमाको रकमलाई तपाईको परिवारले मुद्दती निक्षेपमा राखेर व्याज खान सक्ने रकम हुनु पर्छ।

“भोली उत्पन्न हुने अनिश्चितताको असरलाई न्युनीकरण गर्न नगरौँ कुनै ढिला,
जीवन बीमा कम्पनीमा गरौँ आजै जीवन बीमा”

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS