IME Life

दोस्रो बजारमा म्युचुअल फण्डको मूल्य अण्डर भ्यालु, न्याभ भन्दा धेरै कममा कारोबार

SPIL
NIC ASIA

काठमाडौं । दोस्रो बजारमा सूचिकृत म्युचुअल फण्डको बजार मूल्य न्याभ भ्यालु भन्दा कममा कारोबार भैरहेको छ । अधिकाम्स म्युअल फण्डको बजार मूल्य अण्डर भ्यालु देखिएको छ । ग्लोबल आइएमई सम्मुन्त स्किम एकको चैत महिनाको न्याभ भ्यालु २१ रुपैयाँ छ तर दोस्रो बजारमा भने १५ रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।

त्यस्तै सानिमा इक्वीटी फण्डको चैत महिनाको न्याभ भ्यालु २० रुपैयाँ छ तर दोस्रो बजारमा १४ रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ । सनराइज फस्ट म्युचुअल फण्डको न्याभ भ्यालु १८ रुपैयाँ छ तर दोस्रो बजारमा १३ रुपैयाँ हाराहारीमा कारोबार भैरहेको छ ।

Prabhu
Crest

एनआईविएल प्रगति फण्ड, नविल इक्वीटी फण्ड, एनआईसी एशिया ग्रोथ फण्ड, एनएमबी ५०, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम दुईको न्याभ भ्यालु १७ रुपैयाँ हाराहारी छ । तर यि म्युचुअल फण्डको दोस्रो बजारमा १२ रुपैयाँ हाराहारी मात्रै छ ।

बजार सुधार हुने क्रम सँगै म्युचुअल फण्डको न्याभ भ्यालु उकालिएको छ । अधिकाम्स म्युचुअल फण्डले राम्रो आम्दानी गरिरहेका छन् । १० रुपैयाँ भन्दा कम न्याभ रहेका म्युचुअल फण्डले पनि आफ्नो भ्यालु सुधारिरहेका छन् । दोस्रो बजारमा सूचिकृत १९ वटै म्युचुअल फण्डको न्याभ भ्यालु आधार मूल्य १० रुपैयाँ भन्दा माथि छ ।

म्युचुअल फण्ड

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS