IME Life

बीमा अभिकर्ताले पाउने मासिक सेवा सुविधा तथा उपहारमा थप कडाइ, १८ प्रतिशतको सिमा भित्र रहन समितिको निर्देशन

SPIL
NIC ASIA

काठमाडौं । बीमा समितिले बीमा अभिकर्ताका लागि मासिक रुपमा संचालन गर्ने उपहार कार्यक्रममा थप कडाइ गरेको छ । समितिले सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई नियम बमोजिम १८ प्रतिशतको सिमा भित्र रहेर उक्त सुविधा उपलब्ध गराउन निर्देशन दिएको हो । अभिकर्ताको श्रेणीका आधारमा सेवा सुविधा तथा उपहार दिदा १८ प्रतिशत भन्दा माथिको खर्च हुने गरेको छ ।

जीवन बीमा व्यवसाय अभिकर्ताको नेटवर्कका आधारमा सञ्चालन हुने व्यवसाय हो । जीवन बीमा कम्पनीहरुले अभिकर्ताको नेटवर्क तयार पार्दा एउटै पोलिसीको कमिसन विभिन्त तहमा वितरण गर्नु पर्ने बाध्यता छ । यसले सुरुवाती व्यवसाय ल्याउने भन्दा अभिकर्ताको सञ्जाल तयार पार्ने लिडरले सबैभन्दा धेरै कमिसन प्राप्त गर्ने गरेको छ । यस्तो सञ्चाललाई तोडेर बीमा कम्पनीहरुले काम गर्न सक्दैनन् । तर सञ्जाललाई खर्च गर्दा पहिलो वर्षको प्रिमियमको ३० प्रतिशत भन्दा माथिको रकम कमिसन तथा इन्सेन्टिभमै खर्च हुन्छ । यो बीमितको पैसा हो । बीमितको पैसा सुरुमै अभिकर्तालाई वितरण गरे पछि भविष्यमा उक्त कम्पनीको बोनसदर खुम्चिन्छ । त्यसैले गर्दा बीमितको हितमा समितिले यस्तो निर्णय गरेको हो ।

Prabhu
Crest

समितिले नियम अनुसार १८ प्रतिशतको सिमा भित्र रहेर खर्च गरेको खण्डमा अभिकर्ताले प्राप्त गर्न् उपहारको सेवा सुविधाको स्वीकृति लिन बीमा समितिमा पुग्नु पर्ने छैन । जीवन बीमा कम्पनीहरुले अभिकर्तालाई प्रोत्साहित गर्न गाडी खरिद गर्नेदेखि लिएर विदेश भ्रमणका कार्यक्रम गर्न थाले पछि बीमा समितिले मासिक उपहारको कार्यक्रम समितिबाट स्वीकृति लिनु पर्ने व्यवस्था गरेको थियो । समितिले अनावस्यक रुपमा विदेशी मोटर गाडि खरिद गर्ने तथा विदेश भ्रमणमा जादा नेपालको पैसा बाहिरिएको र व्यापार घाटा बढाउन थप मद्दत गरेको भन्दै यस्तो कार्यक्रमलाई नियन्त्रण गर्न खोजेको थियो ।

समितिले अवदेखि यसलाई खुकुलो बनाइदिएको छ । अभिकर्ताले मासिक रुपमा पाउने सेवा सुविधाको पुर्व अनुमति लिन समितिमा पुग्नु नपरे पनि उनिहरुले पाउने सुविधाको हकमा भने कडा नीति लिएको छ । प्रथम कमिसनको १८ प्रतिशतको सिमा भित्र रहेर खर्च गर्न पाउने वित्तीकै अवदेखि कम्पनीहरुले धेरै खर्चालु उपहार वितरण गर्न नसक्ने समितिको विश्लेषण छ । १८ प्रतिशत को दायरा भित्र रहेर गरिएको खर्चमा समितिको कुनै पनि आपत्ती नरहने समितिले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS