IME Life
Beema Board

ज्योति लाइफको शेयर ९ कारोबार दिनमै ८२६ रुपैयाँ पुग्यो, कतिसम्म पुग्ला ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको शेयर मूल्य ९ कारोबार दिनमै ८२६ रुपैयाँ पुगेको छ । पहिलो कारोबार नै ३६० रुपैयाँमा भएको थियो । कारोबार सुरु भएको दिनदेखिनै कम्पनीको शेयर मूल्यमा लगातार सर्किट लाग्दै आएको छ ।

बुधबार पनि दोस्रो बजारमा ज्योति लाइफ शेयर मूल्यमा सर्किट लाग्दै ८२६ रुपैयाँमा खरिद बिक्री भैरहेको छ । १८ हजार ९७३ कित्ताको खरिद बिक्री भैसकेको छ । समाचार तयार पार्दासम्ममा कम्पनीको शेयर एक करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ । यो अहिलेसम्मकै सर्वाधिक कारोबार हो । हालसम्म भने २ करोड ८ लाख रुपैयाँको मात्रै कारोबार भएको छ । हालसम्म प्राथमिक शेयर खरिद कर्ताले मात्रै शेयर बिक्री गरिरहेका छन् । दोस्रो बजारबाट शेयर खरिद गरेका तथा म्युचुअल फण्डले भने शेयर बिक्री गरेका छैनन् ।

Prabhu
Crest

गएका दिनमा दोस्रो बजारमा थोरै मात्रै बिक्री भएकोले अझै केहि दिन दोस्रो बजारमा सप्लाइ हुने सम्भावना कम छ । अहिलेसम्म दोस्रो बजारमा प्राथमिक शेयरधनीले  २६ हजार कित्ता शेयर बिक्री गरेका छन् यस मध्ये बुधबार मात्रै १८ हजार कित्ता शेयर बिक्री भएको छ ।

आज र भोलि दोस्रो बजारबाट शेयर किन्नेले आइतबार र सोमबारबाट मात्रै बिक्री गर्न सक्ने भएकाले मंगलबारदेखि भने दोस्रो बजारमा सप्लाइ जान सक्छ । यस भन्दा अगाडि प्राथमिक शेयर निष्काशन गरेको प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको पनि एक हजार १६ रुपैयाँसम्म पुगेको थियो ।

प्रभु लाइफको भन्दा राम्रो ग्रोथ भएकाले कम्पनीको शेयर मूल्य केहि माथि जान सक्ने विश्लेषकहरु बताउछन् । तर प्रभु लाइफको शेयर कारोबार बजार तिव्र गतिले बढिरहेको बेलामा सुरु भएकाले पनि अधिकतम मूल्य एक हजार १६ रुपैयाँ बनाउन सफल भएको थियो ।

यदि बिहीबार पनि कम्पनीको शेयरमा सर्किट लाग्यो भने ९०८ रुपैयाँ पुग्नेछ । यो मूल्यमा प्राथमिक शेयरधनीले थप बिक्री गर्न सक्ने सम्भावना रहन्छ । साथै आइतबार पनि शेयर मूल्यमा सर्किट लाग्यो भने ९९८ रुपैयाँ पुग्न सक्छ । यस अवधिमा भने म्युचुअल फण्डहरुले पनि शेयर बिक्री गर्न सक्ने सम्भावना उच्च रहन्छ । यदि दोस्रो बजारबाट शेयर खरिद गरिरहेका लगानीकर्ता, म्युचुअल फण्ड संयमित भए भने यो भन्दा माथि पुग्ने सम्भावना पनि उत्तीकै रहन्छ । तर म्युचुअल फण्डले दोस्रो बजारमा शेयर बिक्री गर्न थाले पछि भने सप्लाइको अनुपात बढ्नेछ साथ साथै मूल्यमा करेक्सन आउन थाल्ने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS