IME Life
Beema Board

बालबालिका बीमालेख फुकुवा, ५० लाख भन्दा माथिको बीमा गर्न नपाइने : यस्तो छ समितिको निर्देशन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले विगत एक वर्ष भन्दा लामो समयदेखि रोक्दै आएको बालबालिका सम्बन्धी बीमालेखहरु खुला गरेको छ । समितिले नयाँ तथा पुराना बीमालेखमा पारिमार्जन गर्ने सर्त सहित फुकुवा गरेको हो । बीमा समितिले ५ वटा नयाँ मापदण्डलाई आधार मानेर नयाँ बालबालिका बीमालेख जारी गर्न निर्देशन दिएको हो ।

बच्चाको बीमा गर्दा प्रस्तावकको सबै बीमायोग्य नाबालक छोराछोरीको समान बीमाङ्कको बीमा गर्नु पर्ने भएको छ । बच्चाहरुको कुल बीमाङ्क ५० लाखको सिमा भित्र रहि गर्नु पर्ने छ । सो भन्दा बढि बीमा गराउनु पर्दा प्रस्तावको समेत बालबच्चाहरुको क्युमिलेटिभ बीमाङ्क बराबरको बीमाङ्क कायम हुने गरी बीमा गराउनु पर्ने समितिले जनाएको छ ।

Prabhu
Crest

बीमित बच्चाको जोखिम सूरक्षण हुनु अघि मृत्यु भएमा बीमा बापत लिइएको बीमाशुल्क रकम फिर्ता गर्नु पर्ने व्यवस्था गरिएको छ । त्यस्तै बीमित बच्चाको जोखिम सूरक्षण भैसकेपछी मृत्यु भएको तत्काल बीमाङ्कको २५ प्रतिशत प्रस्तावकलाई भुक्तानी दिने र बाँकी ७५ प्रतिशत तथा मृत्यु हुँदासम्म आर्जित बोनस एकमुष्ठ बीमा अवधि समाप्ती भएपछि भुक्तानी गर्नुपर्ने छ ।

बच्चाहरुको बीमा गर्दा प्रस्तावकले बालबच्चाको बीमा अवधि समाप्ति मितिसम्म आर्थिक रुपमा बीमाशुल्क भुक्तान गर्न सक्षम रहेको र ठुलो बीमाङ्कको हकमा आफ्नो समेत बीमा निरन्तर गर्न सक्ने गरी निजको आर्जनले थेग्ने गरी बीमकले वित्तीय जोखिमाङ्कन गर्न समितिले सम्पुर्ण जीवन बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ ।

समितिले तयार पारेको उक्त मापदण्ड पुराना बीमा पोलिसीमा पनि कार्यान्वयन गर्न निर्देशन दिएको छ । हाल बीमा कम्पनीहरुले बिक्री गरिरहेको बालबालिका बीमा पोलिसीमा उक्त मापदण्ड समावेश गर्नु पर्ने भएको हो ।

Child Policy Letter (1)

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS