IME Life
Beema Board

विविध कार्यक्रम गरी मनायो कुमारी बैंकले २०औं वार्षिकोत्सव

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कुमारी बैंक लिमिटेडले आफ्नो २० औं वार्षिकोत्सवको सु–अवसरमा आफ्ना देशव्यापी शाखाहरुबाट सामाजिक कार्यक्रमहरु आयोजना गरी आफ्नो लामो बैंकिङ्ग इतिहासलाई भव्यताका रूपमा मनाएको छ बैंकले आफ्नो प्रदेश– २ रहेका १५ वटै शाखाहरुबाट मन्दिर तथा स्थानीय परिसर सरसफाई तथा हरियाली संरक्षण कार्यक्रमहरु सम्पन्न गरेको हो ।

यसै सन्दर्भमा चैत्र २१ गते बैंकको हरिवन शाखाले चतुर्भुजेश्वोर महादेव मन्दिर सरसफाइ गरेकोे छ । राजविराज शाखाले सप्तरी स्थित सखडा भगवती मन्दिर परिसरमा सरसफाइ तथा डस्बिन, मास्क र सेनिटाइजर वितरण गरेको छ ।

Prabhu
Crest

बैंकले वातावरण प्रतिको जिम्मेवारी बहन गर्नु नै समाजमा प्रभावकारी परिवर्तनको प्रधान वाहक रहेको कुरालाई आत्मसाथ गर्दै सो कार्यक्रमहरु गरेकोे हो । यस २० औं वार्षिकोत्सवको उपलक्ष्यमा आफ्नोे संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदेश– २मा रहेका १५ वटै शाखाहरुबाट बैंकले वृक्षारोपण एवं सरसफाइ कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।

हालसम्म बैंकले १९२ शाखा सञ्जाल, १६२ एटिएम, २५ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त डिजिटल पूर्वाधारहरु सुदृढ पार्दै जाने प्रतिबद्धता जनाएको छ ।

 

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS