IME Life
Beema Board

कुमारी बैंक र उपाय सिटी कार्गोबीच डिजिटल भुक्तानी प्रवर्धन सम्बन्धी सम्झौता

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नगदमा आधारित कारोबार/भुक्तानीलाई नगद्रहित बनाउने उद्देश्यले कुमारी बैंकले उपाय सिटी कार्गो प्राइभेट लिमिटेडसंग सहकार्य गरेको छ ।बैंकको नक्साल परिसरमा भएको एक संक्षिप्त कार्यक्रममा बैंकका संचालक समितिका अध्यक्ष अमिर प्रताप राणाको सभापत्य लगायत उपाय सिटि कार्गो प्राइभेटका अध्यक्ष सुमन रायमाझीको र एफवान सफ्ट इन्टरनेशनल का बिश्वास ढकाल र यूके आईडी अन्तर्गतको “सीप” का नेपाल प्रमुख बल्जित बोहरको आतिथ्यता लगायत सम्पूर्ण संस्थाका व्यवस्थापन समूहका सदस्य एवं प्रतिनिधिको बीच यस सहकार्यको आधिकारिक हस्ताक्षर भएको थियो ।

उपाय सिटी कार्गोसंग आबद्ध पिक–उप ड्राइभर पार्टनरहरुलाई क्यू.आर.कोड तथा डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गराई, यसको प्रशिक्षण दिएर अनौपचारिक ढंगले संचालित ढुवानी व्यवसायलाई अझ व्यवस्थित र भरपर्दो बनाउने कुमारी बैंक र उपाय सिटी कार्गोको मूल उद्देश्य रहेको छ । यस सहकार्य अन्तर्गत कुमारी बैंकले उपायका ड्राइभर पार्टनरहरुलाई त्तच् सुविधाका साथै सहुलियत कर्जा, जीवन बिमा, न्यूनतम डाउन पोमेन्ट र इएमआई पोमेन्ट अपसनस् लगायतका थप सेवासुविधाहरु प्रदान गर्ने भएको छ ।

Prabhu
Crest

नगदरहित कारोबारलाई प्रोत्साहन गर्ने नेपाल राष्ट्र बैंकको लक्ष्य तथा नीति अनुरुप नगद कारोबारलाई डिजिटल प्रविधिबाट भुक्तानी गर्न आयोजित उक्त कार्यक्रमले बैंकिंग सेवा क्षेत्रमा आउँदो डिजिटल आयामको संकेत दिएको छ ।हाल सीमित रुपमा मात्र प्रचलनमा रहेको नगदरहित कारोबार अहिलेको परिपेक्ष्यमा व्यापक रुपमा विस्तार भईरहेको छ ।

आफ्नो डिजिटल सामथई परिस्कृत गर्न कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६५ एटिएम, २६ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS