IME Life
Beema Board

बैंकहरु कर्जा विस्तारमा थप आक्रामक, सातामा १४ अर्बले निक्षेप बढ्दा २३ अर्बको लगानी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बैंकहरु कर्जा विस्तारमा थप आक्रामक हुन थालेका छन् । बैंक तथा वित्तीय संस्थामा निक्षेप संकलन गर्ने भन्दा कर्जाको माग गर्ने धेरै छन् । चैत महिनाको पहिलो सातामा मात्रै बाणिज्य बैंकहरुले २३ अर्बले कर्जा विस्तार गरेका छन् । जवकी यहि सातामा १४ अर्बले मात्रै निक्षेप बढेको छ ।

कोभिड १९ ले अर्थतन्त्रलाई धेरै नै असर गर्ने विश्लेषण भैरहदा बैंकहरुको कर्जा विस्तार भने आक्रमक छ । चालु आर्थिक वर्ष २०७७/७८ को चैत पहिलो सातासम्ममा बाणिज्य बैंकहरुले ५ खर्ब ३२ अर्ब रुपैयाँले कर्जा विस्तार गरेका छन् । ५ खर्ब भन्दा माथिको कर्जा जादा निक्षेप संकलन भने तीन खर्ब ५३ अर्ब रुपैयाँ मात्रै छ ।

Prabhu
Crest

बाणिज्य बैंकहरुले चैत पहिलो सातासम्ममा ३४ खर्ब ३५ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । त्यस्तै निक्षेप संकलन भने ३८ खर्ब ४० अर्ब रुपैयाँ छ । वैदेशिक रोजगारमा गएका नेपालीले पढाउने रेमिट्यान्स बढिरहेको छ । साथै साथै कोभिड १९ का कारण होटल तथा मनोरञ्जनका क्षेत्रहरु बन्द हुँदा निक्षेपकर्ताको पैसा जोगिरहेको छ । सर्वसाधारणको खर्च भन्दा बचत धेरै हुँदा पछिल्लो समय निक्षेप संकलन बढिरहेको विश्लेषकहरु बताउछन् । कोभिड १९ ले समग्र अर्थतन्त्रमा असर पर्ने विश्लेषण हुँदै गर्दा नेपालको अर्थतन्त्रमा भने लगानी थपिइरहेको छ ।

बैंक तथा वित्तीय संस्थाको व्याजदर एकल अंकमा छ । व्याजदर तल्लो विन्दुमा रहेको भन्दै व्यवसायीहरुले लगानी गर्ने अवसर रहेको बताउदै आएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS