IME Life
Beema Board

तिव्र उतारचढावका विच शेयर बजार १४ अंकले सुधार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मंगलबार शेयर बजार तिव्र उतारचढावका विच १४ दशमबल ५७ अंकले सुधार भएको छ ।  कारोबार सुरु हुने वित्तीकै ओरालो लाग्न सुरु भएको शेयर बजार २५ मिनेट पछि सुधार हुन थालेको थियो । ९८ वटा कम्पनीको मूल्य बढेको छ ।

नेप्से सूचक सुधार सँगै कारोबार रकम ५ अर्ब १४ करोड रुपैयाँ नाघेको छ । तिव्र उतारचढावका विच ६ वटा सूचक घटेको छ भने ७ वटाको सूचक बढेको छ । मंगलबार ८ वटा कम्पनीको शेयर मूल्य अधिकत बढ्ने क्रममा सकारात्मक सर्किट लागेको छ ।

Prabhu
Crest

६१ हजार ४२२ वटा कारोबार हुँदा एक करोड २ लाख कित्ताको शेयर खरिद बिक्रि भएको छ । आज जलविदयुत कम्पनीको शेयरमा गिरावट देखिएको छ । सबैभन्दा धेरै पञ्चकन्या माइ हाइड्रोपावरका शेयरधनीले गुमाएका छन्। सबैभन्दा धेरै साल्ट ट्रेडिङ चन्द्रागिरीका शेयरधनीले कमाएका छन् ।

सबैभन्दा धेरै इन्फ्रास्ट्रक्चर र अपर तामाकोशीको कारोबार भएको छ । इन्फ्रास्ट्रक्चरको मात्रै ५२ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । अपर तामाकोशीको ३२ करोड ८१ लाख रुपैयाँको कारोबार भएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS