IME Life
Beema Board

सिइओ नभएका ५ बीमा कम्पनीका अध्यक्षलाई एक महिना भित्र नियु्क्ति गर्न बीमा समितिको निर्देशन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं। बीमा समितिले प्रमुख कार्यकारी अधिकृत बहिन ५ बीमा कम्पनीलाई एक महिना भित्र नियुक्ति गर्न निर्देशन दिएको छ। समितिले सूर्या लाइफ इन्स्योरेन्स कम्पनी, नेशनल लाइफ इन्स्योरेन्स कम्पनी, युनाइटेड इन्स्योरेन्स कम्पनी, जनरल इन्स्योरेन्स कम्पनी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई पत्र पठाएको हो।

Prabhu
Crest

नेपाल लाइफले सन्तोष प्रसाइलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति दिए पनि बीमा समितिबाट अनुमती नै नलिइएको समितिका निर्देशक दिनेस कुमार लालले जानकारी दिए। बीमा समितिबाट अनुमति नलिइ घोषणा गरिएकोले यथासिघ्र अनुमति लिन पत्र काटिएको लालले बताए। नियुक्त भैसेको तर समितिबाट अनुमति नलिइएकोले समस्या भएको कार्यकारी निर्देशक राजुरमण पौडैलले ‍उल्लेख गरे। उनले भने ‘बीमा कम्पनीहरुले प्रमुख कार्यकारी अधिकृत नियुक्ति भएको जानकारी बीमा समितिबाट अनुमति लिए पछि मात्रै सार्वजनिक गर्नु पर्छ।’

त्यस्तै जनरल इन्स्योरेन्स कम्पनीले स्थापनाकाल देखिनै प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न सकेको छैन्। योग्यता नपुगेको भन्दै कम्पनीले एसके टमोटलाई महाप्रवन्धक पदमै दुई वर्ष सिमित गरेको थियो। एसके टमोट बाहिरिए सँगै कम्पनीले सहायक महाप्रवन्धक पदमा कार्यरत विनेस मास्केलाई  कामु महाप्रवन्धक नियुक्त गरेको छ। तर कम्पनीले अहिलेसम्म प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न सकेको छैन।

समितिले ५ वटै कम्पनीका अध्यक्षलाई संवोधन गरेर गत फागुन १९ गते एक महिना भित्रमा प्रमुख कार्यकारी नियुक्ति गर्नु भन्दै पत्र काटेको कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी गत मंसिरदेखिनै प्रमुख कार्यकारी अधिकृत विहिन छ। शिवनाथ पाण्डेले कार्यकाल बाँकी छदै राजिनामा दिएका थिए। उनले छाडेको चार महिना वितिसक्दा पनि कम्पनीले प्रमुख कार्यकारी अधिकृत  नियुक्त गर्न सकेको छैन। कम्पनीले कार्यबाहक प्रमुख कार्यकारी अधिकृतको रुपमा पवन कुमार खड्कालाई नियुक्त गरेको छ।

नेशनल लाइफले पनि २०७७ पुसदेखि खाली रहेको प्रमुख कार्यकारी अधिकृत पद पुर्ती गर्न सकेको छैन। कम्पनीका निवर्तमान प्रमुख कार्यकारी अधकृत भरत बहादुर बस्नेतको कार्यकाल सकिए पछि सुरेश  प्रासद  खत्रीलाई कार्यबाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ।

युनाइटेड इन्स्योरेनले विगत तीन वर्षदेखि प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न सकेको छैन।  २०७५ असारमा तत्कालिन प्रमुख कार्यकारी अधिकृत शेखर बरालले राजिनामा दिए यता कम्पनीमा प्रमुख कार्यकारी अधिकृत छैन। यस अगाडिका रमेश कुमार भट्टराईको पनि कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमै करार अवधि सकिएको थियो। करार अवधि सकिए सँगै उनि कम्पनीबाट बाहिरिएका थिए। उनि बाहिरिए सँगै कम्पनीले उपासना पौडेलालाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको छ।

बीमकको संस्थागत सुशासनमा बीमा कम्पनीले प्रमुख कार्यकारी अधिकृतको व्यवस्था गर्नु पर्ने व्यवस्था छ। कम्पनीले उक्त संस्थागत सुशानको पालना नगर्दा बीमा समितले कठाइका साथ लागु गराउन थालेको हो। बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले संस्थागत सुशानमा कुनै पनि संझौता नहुने भन्दै यसको पालना गराउन समितिका निर्देशकहरुलाई निर्देशन दिएका थिए। सिलावालको निर्देशन सँगै समितिले कम्पनीहरुलाई उक्त पत्र पठाएको हो।

कम्पनीलाई गतिशल बनाउन र कम्पनीका हरेक काम कारबाहीको जिम्मेवारी प्रमुख कार्यकारीको हुन्छ। सुशासन निर्देशिका अनुसार कम्पनीले ४ वर्षे व्यवसायिक योजना सहित नियुक्त गर्नु पर्ने व्यवस्था छ। यसले कम्पनीलाई अगाडि बढाउन सहयोग पुग्ने समितिका निर्देशक लाल बताउछन्। समितिले संस्थागत सुशासन कायम नगर्ने कम्पनीहरुलाई सचेत गराइने र दिइएको निर्देशन पालना नगरेमा कारबाही गरिने उनले जानकारी दिए। समितिले पत्र पठाए सँगै कतिपय कम्पनीले प्रमुख कार्यकारी अधिकृतको नियुक्तीको प्रकृयाँ अगाडि बढाएको समितिले जनाएको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS