IME Life

स्वाभिमान लघुवित्तको अधिकांश सूचकमा प्रगति

SPIL
NIC ASIA

काठमाडौं । स्वाभिमान लघुवित्तले चालु आथिृक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा नाफा १४८ दशमलव ९९ प्रतिशतले बृद्धि गर्न सफल भएको छ । यस अवधिमा संस्थाले २ करोड ८० लाख ५४ हजार रुपैयाँ कमाएको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले १ करोड १२ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको थियो ।

चुक्ता पुँजी ७ करोड ६७ लाख ७ हजार र जगेडा कोषमा ६ करोड ८६ लाख ७१ हजार रुपैयाँ संचिती रहेको छ ।

Prabhu
Crest

त्यस्तै, खुद ब्याज आम्दानी ४४ दशमलव ८९ प्रतिशतले बढेर ४ करोड ४१ लाख ११ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाले ३ करोड ४ लाख ४४ हजार रुपैयाँ खुद ब्याज आम्दानी कमाएको थियो ।

सञ्चालन नाफा १४२ दशमलव २२ प्रतिशतले बढेर ३ करोड ४६ लाख ७४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष संस्थाले १ करोड ४३ लाख १५ हजार रुपैयाँ मात्रै सञ्चालन नाफा कमाएको थियो ।

संस्थाको खराब कर्जा पनि ० दशमलव ६४ प्रतिशतले घटेर ० दशलमव ८५ प्रतिशतमा आएको छ । पुस मसान्तसम्म प्रतिसेयर आम्दानी ७३ रुपैयाँ ६५ पैसा र प्रतिसेयर नेटवर्थ १५२ रुपैयाँ ९५ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS