IME Life
Beema Board

सनराइज बैंकको नाफामा सामान्य सुधार, अन्य वित्तीय सूचक कस्तो ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौँ । सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकले ९४ करोड ९४ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सो बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९४ करोड ४३ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको चुक्ता पूँजी ९ अर्ब ४८ करोड ७९ लाख रुपैयाँ, शेयरधनी कोषमा ७९ करोड ३४ लाख रुपैयाँ र जगेडा कोषमा ३ अर्ब ९१ करोड ९५ लाख रुपैयाँ रहेको छ ।

Prabhu
Crest

दोस्रो त्रैमाससम्म आइपुग्दा बैंकको खुद व्याज आम्दानी ११ दशमलव ३१ प्रतिशतले घटेर १ अर्ब ८१ करोड ५८ लाख २४ हजार रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले २ अर्ब ४ करोड ७४ लाख ३५ हजार रूपैयाँ खुद व्याज आम्दानी गरेको थियो ।

दोस्रो त्रैमासमा बैंकले १ अर्ब ३५ करोड ६३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । गत वर्षको यसै अवधिको तुलनामा बैंकको संचालन मुनाफा ० दशमलव ८३ प्रतिशतले बढी हो ।

यस अवधिसम्ममा बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ १ पैसा र प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ ६७ पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS