यूनाइटेड इन्स्योरेन्सले बीमा शुल्क आर्जनमा पाँच कम्पनीलाई पछि पार्यो

काठमाडौं । खुद बीमा शुल्क आर्जनलाई तीन गुणाले बढाएर चमत्कारिक प्रगति गर्नेमा यूनाइटेड इन्स्योरेन्स  अगाडि देखिएको छ । कम्पनीले कुल बीमा शुल्क आर्जन  बृद्धि गरी चमत्कारिक प्रगति गरेको देखिएको हो ।

यूनाइटेडले  पुस मसान्तसम्ममा ३५ करोड हाराहारीमा मात्र कुल बीमा शुल्क आर्जन गरेकोमा यस बर्षको सोही अवधिसम्म ५६ करोड भन्दा बढी पुर्याएको छ । निर्जिवन बीमा कम्पनीहरुको आम्दानीको मुख्य आधार नै बीमा शुल्क आर्जन हो ।

नोटः यसअघिको तालिकामा गलत आँकडा तुलना भएकाले सच्याईएको छ ।

यसअघि सबैभन्दा कमजोर देखिदै आएको यूनाइटेड इन्स्योरेन्सले समकालीन तथा नयाँ पाँच वटा कम्पनीहरुलाई पछि पारेर  बीमा शुल्क  बढाएको छ । सेयर मूल्यको हिसाबले समेत सबैभन्दा पुछारमा रहेको यूनाइटेडको लोभलाग्दो प्रगति हेर्दा कम्पनीका नयाँ अध्यक्ष रबिभक्त श्रेष्ठको मेहनतले परिणाम दिन थालेको आभाष भएको छ ।

बीमा समितिले उपलब्ध गराएको विवरण अनुसार यस आर्थिक बर्षको पुस मसान्तसम्मको कुल बीमा शुल्क आर्जनको आधारमा हेर्दा शिखर इन्स्योरेन्सले दुई अर्ब ११ करोड बीमा शुल्क आर्जन गरेर अग्रता कायमै राखेको छ । उसलाई नेको इन्स्योरेन्सले पछ्याएको छ ।

राष्ट्रिय बीमा कम्पनीको भने पुस मसान्तसम्मको विवरण प्राप्त हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार