IME Life
Beema Board

नेपाल बीमक संघको बैठक सम्पन्न, कोरोना बीमाको दावी भुक्तानी थप सहज बनाइने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघको केन्द्रीय कार्य समितिको बैठक हिजो सम्पन्न भएको छ । अधिकांश बीमा कम्पनीका सिईओहरु उपस्थित भएको बैठकले कोरोना बीमाको दावी भुक्तानीमा उत्पन्न भएका अप्ठेराहरुको विषयमा छलफल गर्दै थप सरल र सहजीकरण गर्ने निर्णय भएको संघले जनाएको छ ।

संघका पूर्ण बैठकमा कोरोना बीमा दावी भुक्तानीको लागि नेपाल सरकारले पठाएको ४१ करोड रुपैयाँ कसरी वितरण गर्ने भन्ने विषयमा छलफल भएको बैठकमा सहभागी एक सिईओले जानकारी दिए । सरकारबाट प्राप्त रकम सबै कम्पनीलाई वितरण गर्ने निर्णय गरिएको छ ।

Prabhu
Crest

नेपाल बीमक संघका सचिव चंकी क्षेत्रीले कोरोना बीमाको दावी भुक्तानीका समस्यामा उत्पन्न भएको प्राविधिक समस्याहरुमाथि छलफल गरी दावी भुक्तानी थप सरल, सहज र छरितो बनाउने निर्णय भएको बताए ।

संघको बैठकमा कोरोना बीमाको दावी भुक्तानी गर्दा बीमितको नामको हिज्जे फरक परेर उत्पन्न समस्या, जन्म मितिमा उत्पन्न समस्या लगायतका विषयमा गहन छलफल गरी थप सहजिकरण गर्ने निर्णय गरिएको छ ।

बैठकले कोरोना बीमाको दावी भुक्तानीको लागि आवश्यक रकम जोहो गर्न पुल व्यवस्थापक कम्पनीले विभिन्न निकायलाई पत्राचार गर्ने निर्णय पनि गरिएको छ । कोरोना बीमाको दावी भुक्तानीको लागि रकम अभाव हुँदै गएको अवस्थामा रकम जोहो गर्न पुल व्यवस्थापक कम्पनीलाई अग्रसरता लिन कार्यदेश दिइएको छ । सो प्रजोजनको लागि बीमा समिति, बीमा कम्पनीहरु तथा पुनर्बीमा कम्पनीसँग पुल व्यवस्थापक कम्पनीले सहजिकरण गर्नेछ । कोरोना बीमा पुलको व्यवस्थापन शिखर इन्स्योरेन्स कम्पनीले गर्दै आएकोे छ ।

कोभिड–१९ को महामारीपछि नेपाल बीमक संघले सम्भवतः पहिलो पटक भौतिक रुपमा सबैलाई बोलाएर बैठक गरेको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS