IME Life
Beema Board

सिटिजन्स बैंक हुम्ला शाखाका कर्मचारी कोरोनाबाट सिकिस्तै

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सिटिजन्स बैंक हुम्ला शाखामा कार्यरत एक जना कर्मचारी कोरोना भाइरसको संक्रमणका कारण गम्भिर बिरामी परेका छन् । सरकारी समाचार एजेन्सी राससका अनुसार बैंकका पुरुष कर्मचारीमा देखिएको कोरोना संक्रमणबाट गम्भिर बिरामी परेपछि त्यहाँ उपचार हुन नसकेको बैंकको हुम्ला शाखाले जनाएको छ ।

गम्भिर बिरामी परेका ति कर्मचारीलाई हेलिकोप्टरबाट काठमाडौं वा नेपालगन्ज पठाउने तयारी भइरहेको सिटिजन बैंकका कर्मचारी लालु भण्डारीले जानकारी दिए । संक्रमित कर्मचारीको अवस्था जटिल देखिएपछि हेलिकप्टरमार्फत उपचारको व्यवस्था गर्न लागिएको हो ।

Prabhu
Crest

हाल उनको जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको छ । जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराका अनुसार उनको अवस्था निकै जटिल छ । अस्पतालका अनुसार बैंकका पाँच कर्मचारी मध्ये दुई जनामा कोरोना भाइरस देखिएको हो ।

कोरोना संक्रमणपछि हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिटिजन बैंक शाखा कार्यालय सिल गरिएको छ । बैंकमा कोरोना भाइरस देखिएर कर्मचारी नै सिकिस्त बनेपछि हुम्ला आतंकित बनेको स्थानीयबासीले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS