IME Life
Beema Board

माघ १ देखि एटिएममा नयाँ नियम, दोस्रो बैंकको एटिएम प्रयोग गर्दा २० रुपैयाँ शुल्क लाग्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ १ गतेदेखि एटिएमहरुमा नयाँ नियम लागू गरेको छ । जस अनुसार दोस्रो बैंकको एटिएम प्रयोग गर्दा प्रत्येक पटकमा २० रुपैयाँ शुल्क लाग्ने व्यवस्था गरेको छ ।

केन्द्रीय बैंकका अनुसार आफ्नै बैंक खाता भएको एटिएम मेशिनबाट रकम निकाल्दा पैसा लाग्ने छैन । तर, आफ्नो खाता भएको बाहेकका अन्य बैंक तथा वित्तीय संस्थाहरुको एटिएम प्रयोग गर्दा २० रुपैयाँ शुल्क लाग्ने भएको छ ।

Prabhu
Crest

नेपाल राष्ट्र बैंकले आज जनाए अनुसार इन्टरनेट तथा मोबाइल बैंकिङ प्रयोग गर्ने सेवाग्राहीको लागि पनि शुल्क तोकेको छ भने ग्राहकले मोबाइल तथा इन्टरनेट बैंकिङको युजरनेम तथा पासवर्ड भुलेमा आफै रिसेट गर्न सक्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ ।

कोभिडबाट बच्न विद्युतीय कारोबारलाई प्रोत्साहन दिँदै केन्द्रीय बैंककै निर्देशन अनुसार जुनसुकै एटिएमबाट रकम निकाल्दा शुल्क नलाग्ने व्यवस्था गरिएको थियो । अब कोभिडको प्रभाव न्यून भएको भन्दै शुल्क लाग्ने व्यवस्था गरिएको हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS