IME Life
Beema Board

नेपालको आर्थिक बृद्धिदर ०.६ प्रतिशतमा सीमित हुने विश्व बैंकको दावी

SPIL
NIC ASIA

काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ०.६ प्रतिशतमा सीमित हुने विश्व बैंकको जनाएको छ । कोरोनाको कारण चालु आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धिदर एक प्रतिशत भन्दा तल झर्ने दावी गरेको हो ।

विश्व बैंकले हालै प्रकाशित गरेको आफ्नो रिपोर्टमा चालु आर्थिक वर्षमा नेपाल सरकारले लक्ष्य राखेको ७ प्रतिशत आर्थिक बृद्धि पूरा नहुने चेतावनी दिएको छ । कोरोनाका कारण पर्यटनमा निर्भर अर्थतन्त्र भएको एसियाको नेपाल, मालदिभ्स, भुटान र श्रीलंकाको अर्थतन्त्रमा ठूलो असर पर्ने विश्व बैंकले जनाएको छ ।

Prabhu
Crest

कोरोनाका कारण दक्षिण एसियाको अर्थतन्त्र सन् २०२० मा ६.७ प्रतिशतले खुम्चिएको छ । चालु आर्थिक वर्षमा अझै तल भर्ने अनुमान छ । सन् २०२१ मा विश्व अर्थतन्त्रको बृद्धि ४ प्रतिशतमा सीमित हुने विश्व बैंकको भनाई छ ।

कोरोना महामारीले विश्वमा लाखौं मानिस बिरामी परेको, लाखौं मानिसहरु गरिबीतर्फ धकेलिएको र आर्थिक गतिविधिमा संकुचन आएको विश्व बैंकको भनाइ छ । सोको असर नेपालमा समेत प्रत्यक्ष रुपमा देखिएर अर्थतन्त्रमा गम्भिर संकुचन आउने विश्व बैंकको प्रतिवेदनले औल्याएको छ ।

विश्व बैंकले कोरोनाको कारण अमेरिकाको जीडीपी सन् २०२० मा ३.६ प्रतिशत घटेको जनाउँदै सन् २०२० मा युरोपियन क्षेत्रको जीडीपी ७.४ प्रतिशतले घटेको र आगामी वर्ष ३.६ प्रतिशतले बढ्ने आँकलन गरिएको छ । त्यसैगरी जापानको जिडिपी ५.३ प्रतिशतले घटेको विश्व बैंकले जनाएको छ ।

विश्व बैंकले नेपालको अर्थतन्त्रमा गम्भिर संकुचन आउने दावी गरेपनि नेपाली बीमा क्षेत्रमा कोरोनाले अप्ठेरो पार्ने गरी प्रभाव पारेको कुनै तथ्याङ्क छैन । चालु आवको पहिलो त्रैमाससम्ममा सबै बीमा कम्पनीहरुले औषत व्यवसाय गरेको देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS