IME Life
Beema Board

मौषम खराब भएपछि काठमाडौं आउँदै गरेका जहाजहरु आकाशमै होल्ड

SPIL
NIC ASIA

काठमाडौं । बाक्लो हुस्सुका कारण काठमाडौंस्थित त्रिभुवन विमानस्थलको मौषम खराब भएपछि काठमाडौ आउँदै गरेका चार वटा जहाज आकाशमै होल्ड भएका छन् ।

बिराटनगरबाट आउँदै गरेको बुद्ध एयरको जहाज सिन्धुलीको रानिचुरामाथिको आकाशमा आधा घण्टादेखि घुमिरहेको छ । त्यस्तै भैरहवाबाट आएको बुद्ध एयरकै एटिआर जहाज पनि काठमाडौंमा अवतरण गर्न पाउने आशामा मकवानपुरको आकाशमाथि फन्को मार्दैछ । त्यस्तै, काठमाडौं अवतण गर्ने तयारीमा रहेको बुद्ध एयरकै बिचक्र्याफ्ट जहाज पनि मकवानपुरमाथिको आकाशमै फन्को मारिरहेको छ । पूर्वबाट आएको अर्को एटिआर ७२ जहाज पनि काठमाडौंस्थित विमानस्थलमा अवतरणको लागि प्रतिक्षा गर्दा गर्दै ६ फन्को आकाशमै मारिसकेको छ ।

Prabhu
Crest

काठमाडौंकोको मौषम एकाएक खराव भई भिजिबिलिटी घटेपछि आज अधिकांश हवाई उडान प्रभावित भएका छन् । आंशिक रुपमा भएका उडानहरुमा समेत जहाजहरुले घण्टौ आकाशमा होल्ड भएका छन् ।

प्रतिमिनेटमा लागत गणना हुने जहाजहरुको आकाशमा होल्ड हुँदा हवाई कम्पनीहरुले लाखौं घाटा व्यहोर्न बाध्य हुन्छन् । जहाजहरु आकाशमा होल्ड हुँदा इन्धनका अतिरिक्त, जहाजको इन्जिनको आयु तथा बीमाको लागत बढ्न जाने हुन्छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS