IME Life
Beema Board

राजनीतिक अस्थिरताको छायाँ बीमा समितिमा, अध्यक्ष नियुक्तीमा ढिलाई

SPIL
NIC ASIA

काठमाडौं । बीमा समिति आगामी पुस २४ गतेदेखि अध्यक्ष विहिन हुँदैछ । बीमा समितिको अध्यक्ष मन्त्रिपरिषदको बैठकको निर्णयमार्फत हुने व्यवस्था छ । सामान्य अवस्था भएको भए यतिबेला बीमा समितिमा अध्यक्ष सर्च कमिटी गठन भई आवेदन लिने प्रक्रिया सुरु भइसक्ने थियो । तर, संसद विघटन लगायतका राजनीतिक मुद्दामा सरकार अल्झिएकोले बीमा समितिको अध्यक्षको नियुक्ती राजनीतिको छायाँमा पर्न गएको छ ।

अहिलेको तयारी हेर्दा बीमा समितिले यो महिना अध्यक्ष पाउने सम्भावना न्यून देखिएको छ । अध्यक्ष चयनको लागि सबैभन्दा पहिला अर्थमन्त्रालयले सर्च कमिटी गठन गर्नेछ । सर्च कमिटले निश्चित समय तोकेर आवेदन माग गरी वा सिधैं तीन जनाको नाम अर्थमन्त्रालय समक्ष सिफारिस गर्नेछ । अर्थमन्त्रालयले त्यसरी सिफारिस प्राप्त भएका तीनै जनाको नाम मन्त्रिपरिषदमा पेश गरी एक जनालाई अध्यक्षमा नियुक्त गर्ने कानुनी व्यवस्था तथा प्रचलन रहेको छ । सो व्यवस्था अनुसार छिटोमा एक साता र ढिलोमा १५।२० दिन अध्यक्ष नियुक्ती गर्न समय लाग्ने देखिएको छ ।

Prabhu
Crest

बीमा समितिको अध्यक्ष नियुक्तीमा ढिलाई हुँदा बीमा कम्पनीहरुमा थुप्रै कामहरु रोकिएका छन् । नेको इन्स्योरेन्समा नयाँ अध्यक्ष नियुक्त भएपनि अध्यक्ष नहुँदा शपथग्रहण गर्न पाएका छैनन् । त्यस्तै अन्य थुप्रै कामहरु रोकिन थालेको बीमा समिति स्रोतले जनाएको छ । बीमा समितिमा शक्तिशाली कार्यकारी अध्यक्ष रहने व्यवस्था छ ।

बीमा समितिका वर्तमान अध्यक्ष चिरञ्जीवी चापागाई कार्यकाल सकिनु एक साता अघि नै बिदामा बसेकाले अब समिति नफर्की घर फर्कने जनाएका छन् । उनको कार्यकाल यही २३ गते बिहिवारबाट सकिदैछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS