IME Life

पुष २४ गतेबाट आउने चन्द्रागिरि हिल्सको आईपीओको बारेमा सम्पूर्ण जानकारी

SPIL
NIC ASIA

काठमाडौं । पुष २४ गते बाट चन्द्रागिरि हिल्स लिमिटेडले प्रति कित्ता अंकित मूल्य रु.१०० दरका १५,३४,०९१ कित्ता शेयर मध्ये ६१,३६४ कित्ता अर्थात ४ प्रतिशत शेयर कर्मचारीहरुको लागि सुरक्षित गरिएको र ७६,७०५ कित्ता अर्थात ५ प्रतिशत शेयर सामुहिक लगानी कोषहरुमा बाडँफाँट गरी बाँकी रहने १३,९६,०२२ कित्ता साधारण शेयर सर्वसाधारणमा निष्कासन गरिएको छ ।

कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई ३ लाख ६ हजार ८१९ कित्ता शेयर बाडँफाँड गरेको थियो ।

Prabhu
Crest

आवेदन दिने समय :
चन्द्रागिरि हिल्स लिमिटेडको आईपीओ पुष २४ गते देखि पुष २८ गते सम्म खुल्नेछ । पुष २८ गते बैंकिङ्ग समय पश्चात आवेदन दिन सकिने छैन । यदि, पुष २८ गते सम्म पनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा माघ ९ गते सम्म समय थपिने छ । विगत देखिको तथ्याङ्क अनुसार समय थपिने सम्भावना देखिदैन।

कति कित्ता दिन पाईन्छ आवेदन ?
न्युनतम १० कित्ता देखि अधिकतम १३,९६० कित्ता सम्म आवेदन दिन सकिन्छ ।

कम्पनीको बारेमा :
संस्थाको रजिष्टर्ड कार्यालय : यस कम्पनीको रजिष्टर्ड कार्यालय काठमाण्डौ जिल्ला का.म.न.पा. वडा नं. ३, पानीपोखरी, काठमाण्डौमा रहेको छ ।

कारोवार गर्ने मुख्य स्थान : यस कम्पनीको कारोवार गर्ने मुख्य स्थान चन्द्रागिरी न.पा. वडा नं.४, थानकोट, काठमाण्डौ रहेको छ ।

पुँजीको अवस्था :
अधिकृत पुँजी : २ अर्ब
जारी पुँजी : एक अर्ब ५३ करोड ४० लाख ९१ हजार
चुक्ता पुँजी : एक अर्ब ५३ करोड ४० लाख ९१ हजार ( आईपीओ पछि )

आईपीओ पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड हुने छ। आईपीओ प्रक्रिया पश्चात कम्पनीमा सस्थापक शेयरको हिस्सा ८८ प्रतिशत हुने छ आयोजना प्रभावित स्थानीय बासिन्दाहरुको शेयर हिस्सा २ प्रतिशत हुने छ भने सर्वाशाधारणको हिस्सा १० प्रतिशत हुने छ ।

संस्थापक शेयरधनीको बारेमा जानकारी :
कम्पनीमा चन्द्र प्रसाद ढकालको नाममा २९ लाख ४३ हजार कित्ता शेयर स्वामित्तव रहेकोमा हेमराज ढकालको नाममा पनि २९ लाख ४३ हजार कित्ता शेयर स्वामित्तव रहेको छ।

संचालकको जानकारी :
संचालक समितिको अध्यक्षमा चन्द्र प्रसाद ढकाल छन् । त्यस्तै संचालक समिति सदस्यमा हेमराज ढकाल, अम्बिका प्रसाद पौडेल, उत्तम नेपाल र कल्याण गुरुङ्ग रहेका छन् ।

व्यवस्थापक :
कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा अभिषेक विक्रम शाह छन् । शाहको हस्पिटालिटी क्षेत्रमा १२ वर्षको अनुभव रहेको छ।

वित्तीय विवरण :
आर्थिक वर्ष ७५/७६ को वार्षिक तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी शुन्य रुपैयाँ ०६ पैसा थियो भने किताबी मूल्य ९६ रुपैयाँ ६९ पैसा छ । आ.व. ७६/७७ को आषाढ मसान्तसम्मको अपरिष्कृत तर व्यवस्थापनबाट प्रमाणित वित्तीय विवरण अनुसार कम्पनीको प्रति शेयर आम्दानी १२ रुपैयाँ ६७ पैसा ऋणात्मक र किताबी मूल्य ८४ रुपैयाँ ८८ पैसा रहेको छ ।

प्रक्षेपित तथ्यांक अनुसार आर्थिक वर्ष ७७/७८ मा प्रति शेयर आम्दानी ४ रुपैयाँ र किताबी मूल्य ९० रुपैयाँ ६९ पैसा हुन्छ । आर्थिक वर्ष ७८/७९ मा भने प्रति शेयर आम्दानी २३ रुपैयाँ ५४ पैसा र किताबी मूल्य १०९ रुपैयाँ २४ पैसा र आर्थिक वर्ष ७९/८० मा भने प्रति शेयर आम्दानी ३२ रुपैयाँ ८४ पैसा र किताबी मूल्य १२२ रुपैयाँ ०७ पैसा हुने कम्पनीले प्रक्षेपण गरेको छ।

पूँजीको रणनीति :
आईपीओ पश्चात कम्पनीको पुँजी १ अर्ब ५३ करोड हुने छ तर कम्पनीले प्रक्षेपण गरेको विवरणमा कम्पनीले आर्थिक वर्ष ७९/८० सम्म पुँजी वृद्धिको लक्ष्य राखेको छैन ।

लाभांशको प्रक्षेपण :
कम्पनीले ७८/७९ मा १० प्रतिशत लाभांश प्रक्षेपण गरेको छ भने आर्थिक वर्ष ७९/८० मा २० प्रतिशत लाभांश प्रक्षेपण गरेको छ।

क्रेडिट रेटिङ्ग
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था ईक्रा नेपाल लि., डिल्लीबजार, काठमाण्डौबाट इस्यूर रेटि· गराई “[ICRANPIR] BB@ (pronounced ICRA NP Issuer Rating double B)” प्रमाणपत्र प्राप्त गरेको छ । “[ICRANPIR] BB@ (pronounced ICRA NP Issuer Rating double B)” ले मध्यमस्तरको क्रेडिट जोखिम (Moderate Credit Risk of Default) भन्ने बुझिन्छ ।

कति कित्ता शेयर पर्ला ?

कम्पनीले १३ लाख ९६ हजार ०२२ कित्ता साधारण शेयर निस्काशन गरेकोमा १ लाख ३९ हजार ६ सय २ लगानीकर्ताले मात्र दश कित्ता शेयर प्राप्त गर्ने छन्। यस अघि प्रभु लाईफको आईपीओमा १० लाख ४९ हजारले आवेदन दिएकोमा  यो आईपीओमा ११ लाख माथिको आवेदन पर्ने सम्भावना छ । यसको अर्थ धेरै लगानीकर्ताको हात खाली हुने छ ।

नोट : लगानी निर्णय लिनु अघि थप अनुसन्धान गर्नु होला !

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS