IME Life
Beema Board

८ अर्बको आईपिओ माघ २ गतेबाट निष्काशन हुने, नेपाल इन्फ्रास्ट्रचर बैंकले गर्यो निर्णय

SPIL
NIC ASIA

काठमाडौं । देशकै सबैभन्दा ठूलो चुक्ता पुँजि भएको नेपाल इन्फ्रास्ट्रचर बैंकले निष्काशन गर्न लागेको ८ अर्बको आईपिओ आगामी माघ २ गतेदेखि सार्वजनिक रुपमा निष्काशन गर्ने भएको छ । बैंकले भोलि सार्वजनिक सूचना जारी गर्दै आईपिओका लागि सार्वजनिक रुपमा आह्वान गर्ने निर्णय गरिएको जनाएको छ ।

बैंकले आगामी माघ २ गतेदेखि आईपिओ निष्काशन गर्न लागेको जनाएको छ । नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएर आईपिओ निष्काशन गर्न तयारी अवस्थामा बसेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आगामी माघ २ गतेदेखि आईपिओ निष्काशन गर्न लागेको हो । यही पुस २४ गतेदेखि चन्द्रागिरी हिल्सले आईपिओ निष्काशन गर्न लागेकोले सो कम्पनीको आईपिओ लगत्तै नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आईपिओ निष्काशन गर्न लागेको हो ।

Prabhu
Crest

यही पुस १० गते नेपाल धितोपत्र बोर्डबाट १०० रुपैयाँ अंकित दरमा ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको बैंकले कर्मचारीका लागि ०.२० प्रतिशतले हुन आउने १ लाख ६० हजार कित्ता र सामुहिक लगानी कोषका लागि ५ प्रतिशत अर्थात ४० लाख कित्ता शेयर छुट्याएर बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता शेयर सर्वसाधारणलाई वितरण गरिने जनाएको छ । यति ठूलो मात्रामा आईपिओ जारी गरिएको पहिलो पटक हो । यसअघि गत असारमा नेपाल पुनर्बीमा कम्पनीको दुई करोड कित्ता आईपिओ जारी गरेर नयाँ रेडर्क कायम गरेकोमा उक्त रेडर्क तोड्दै नेपाल इन्फ्रास्ट्रचर बैंकले नयाँ आईपिओ जारी गर्न लागेको हो ।

उक्त आईपिओ छिटोमा माघ ६ गते बन्द हुनेछ भने ढिलोमा अर्थात सबै बिक्री नभएको अवस्थामा माघ १६ गते निष्काशन बन्द हुनेछ । चुक्ता पुँजि २० अर्ब लक्ष्य राखेर स्थापना गरिएको बैंकको १२ अर्ब संस्थापक शेयरधनीहरुको लगानी रहेको छ भने ८ अर्व सर्वसाधारणको लगानी गरिने शेयर संरचना छ । सोही बमोजिम गत मंसिर ३ गते सम्पन्न बैंकको साधारण सभाले कूल पुँजिको ४० प्रतिशत अर्थात आठ करोड कित्ता आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गरेको थियो ।

बैंकको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड छ । यस्तै नागरिक लगानी कोषले बैंकको आईपीओलाई प्रत्याभूत (अण्डरराइट) गरिसकेको छ । २०७५ फागुन २२ गतेदेखि नै स्थापना भएको बैंकको अहिले पनि पूर्वाधार क्षेत्रमा लगानी गरिरहेको छ । आईपिओ जारी गरे पश्चात कम्पनीको चुक्ता पुँजि २० अर्ब पुग्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS