IME Life

नेप्सेमा सूचिकृत ५२ मध्ये ३९ लघुवित्तको लाभांश घोषणा अझै बाँकी, १३ कम्पनीले कति गरे ? (तथ्याङ्कसहित)

SPIL
NIC ASIA

काठमाडौं । नेप्सेमा सूचिकृत विभिन्न ५२ वटा लघुवित्त वित्तीय संस्थाहरुमध्ये १३ वटा लघुवित्त वित्तीय संस्थाहरुले आर्थिक वर्ष २०७६।७७ को लाभांश घोषणा गरिसकेका छन् । बाँकी ३९ वटा लघुवित्त वित्तीय संस्थाहरुको लाभांश घोषणा बाँकी छ । लाभांश घोषणा गरेका १३ वटा लघुवित्त वित्तीय संस्थामध्ये दुई वटा फस्र्ट माइक्रोफाइनान्स र आरएमडिसी लघुवित्त वित्तीय संस्थाले साधारण सभा सम्पन्न गरी लाभांश पारित समेत गरिसकेका छन् भने कतिपयले साधारण सभा गर्ने तयारीमा जुटेका छन् ।

लाभांश घोषणा गर्न बाँकी ३९ वटा लघुवित्त वित्तीय संस्थाहरुले पनि छिट्टै घोषणा गर्दै छन् । नेप्सेमा सूचिकृत ३९ वटा लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्ताव गर्न बाँकि रहेका छन् । अब यी संस्थाहरुले पनि अबको केही दिनमै लाभांश घोषणा गर्नेछन् । लाभांश प्रस्ताव गरेका १३ वटा लघुवित्त वित्तीय संस्थाहरुमध्ये सबैभन्दा धेरैं वोमी लघुवित्त वित्तीय संस्थाले ३० प्रतिशत बोनश शेयर मात्र दिने घोषणा गरेको छ ।

Prabhu
Crest

त्यस्तै, छिमेक लघुवित्त वित्तीय संस्थाले २२ प्रतिशत बोनश शेयर र ७ प्रतिशत नगद लाभांश गरी कुल २९ प्रतिशत लाभांश आफ्ना शेयरधनीलाई दिने घोषणा गरेको छ । त्यस्तै, समता लघुवित्त वित्तीय संस्थाले आफ्ना शेयरधनीलाई कुल २६ दशमलव ३२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

लाभांश प्रस्ताव गरेका १३ वटा लघुवित्त वित्तीय संस्थामध्ये सबैभन्दा थोरै मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आरएसडिसी लघुवित्त वित्तीय संस्था रहेका छन् । आरएसडिसी लघुवित्तले १२ दशमलव ६३ प्रतिशत लाभांश दिने घोषणा गरेको भने मिर्मिरे लघुवित्तले १२ दशमलव ६३०२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

लाभांश प्रस्ताव गर्ने संस्थाहरु

                                स्रोत: सम्बन्धीत लघुवित्त कम्पनीहरुले घोषणा गरेको लाभांशको आधारमा तयार पारिएको तथ्याङ्क

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS