IME Life
Beema Board

पाँच महिना बित्दा पनि युनाईटेड इन्स्योरेन्सले सिईओ नियुक्तीको अनुमति पाएन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । बीमा समितिले अनुमति नदिँदा युनाईटेड इन्स्योरेन्समा सिईओ नियुक्ती प्रक्रिया अन्योलमा परेको छ । गत साउनको पहिलो साता युनाईटेड इन्स्योरेन्सको सञ्चालक समितिले जीवन भट्टराईलाई सिईओ नियुक्ती गर्ने निर्णय गरेको थियो । लामो समयदेखि सिईओ विहिन भएको युनाईटेड इन्स्योरेन्समा गत साउनको पहिलो साता बल्लतल्ल भएको नयाँ सिईओ नियुक्ती प्रक्रिया गरिए पनि बीमा समितिमा पुगेर रोकिएको छ ।

बीमा कम्पनीहरुमा सिईओ नियुक्त गर्नुपूर्व बीमा समितिबाट स्वीकृत गराउनुपर्ने व्यवस्था छ । साउनको पहिलो साता युनाईटेड इन्स्योरेन्स कम्पनीले नयाँ सिईओ नियुक्तीको फाईल बीमा समितिमा दर्ता गराएको छ । स्रोतका अनुसार सिईओ नियुक्ती गर्दा तोकिएको तलब सुविधालगायतमा कैफियत कारणले भट्टराईलाई अनुमति दिन बीमा समितिले इन्कार गरेको हो । युनाईटेड इन्स्योरेन्स कम्पनीले सिईओलाई दिन सक्ने अधितम् सुविधा भन्दा बढि तलब सुविधा तोकिएका कारण क्षमता नभ्याउने भएकोले बीमा समितिले जीवन भट्टराईलाई सिईओ नियुक्ती सम्बन्धी फाईल स्थगनमा राखेको छ ।

Prabhu
Crest

स्रोतका अनुसार युनाईटेड इन्स्योरेन्सले आफ्नो सिईओलाई मासिक अधितम् साढे तीन लाखसम्म तलव खुवाउने मिल्ने भएपनि गत असारको अन्तिम साता बसेको युनाईटेड इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले जीवन भट्टराईलाई मासिक छ लाख भन्दा बढि तलव सुविधा पाउने गरी सिईओ पदमा नियुक्त गरेको थियो ।

बीमा समितिले तलव सुविधा घटाउन निर्देशन दिएपछि सिईओमा नियुक्त भएका भट्टराई कम तलवमा काम नगर्ने भन्दै इन्कार गरेका छन् । तलव सुविधाकै कारण युनाईटेड इन्स्योरेन्समा सिईओ नियुक्ती गर्न प्राविधिक समस्या देखिएको छ । बीमा समितिले जारी गरेको संस्थागत सुशासनमा छ महिनाभन्दा लामो समय सिईओ रिक्त गर्न नहुने भएपनि युनाईटेड इन्स्योरेन्स, जनरल इन्स्योरेन्सलगायतका बीमा कम्पनीहरुमा महिनौंदेखि सिईओ विहिन छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS