IME Life

नेशनल इन्स्योरेन्स कम्पनीमा कर्मचारी युनियन गठन, शनिबार अधिवेशन हुँदै

SPIL
NIC ASIA

काठमाडौं । भारतीय लगानीको नेशनल इन्स्योरेन्स कम्पनीको नेपालस्थित शाखा कार्यालयमा कार्यरत कर्मचारीहरुले औपचारिक रुपमा ९ सदस्यीय नेशनल इन्स्योरेन्स कर्मचारी युनियन गठन गरेका छन् ।

नेशनल इन्स्योरेन्स कम्पनीको नेपालस्थित शाखा कार्यालयमा कार्यरत कर्मचारीहरुले आधिकारिक कर्मचारी युनियन दर्ता गरिएको तदर्थ समितिका अध्यक्ष नितेश कुमार दासले जानकारी दिए । युनियनले केही दिन पहिले श्रम कार्यालयबाट औपचारिक रुपमा पत्र प्राप्त गरेको हो ।

Prabhu
Crest

नेशनल इन्स्योरेन्स कर्मचारी युनियनको पहिलो अधिवेशन मंसिर १३ गते शनिबार विहान १०ः३० बजे बीरगन्जमा हुँदैछ । पहिले अधिवेशनले कर्मचारीको साझा हितमा रहेका प्रस्तावहरु पारित गर्ने युनियनले जनाएको छ ।

वर्षौअघि देखि सो कम्पनीमा युनियन गठन गर्न खोजिएको भएपनि असफल हुँदै आएकोमा यस पटक कडा संघर्षका बीच औपचारिक रुपमा युनियन गठन गरिएको महासचिव ऋषि सत्यालले जानकारी दिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS