IME Life
Beema Board

कृषि विकास बैंकको नाफा २२ प्रतिशतले घट्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कृषि विकास बैंकको खुद नाफा २२ प्रतिशत घटेको छ ।चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार कम्पनीले ४६ करोड १४ लाख खुद मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा २२ दशमलव ९६ प्रतिशतल घटेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ५९ करोड ९० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

पहिलो त्रैमासमा कम्पनीेले १ अर्ब ३६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले १ अर्ब ६६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

Prabhu
Crest

यस अवधिमा अन्य सञ्चालन आम्दानी ६ करोड ९८ लाख रुपैयाँबाट बढेर २२ करोड १८ लाख पुगेको छ । कम्पनीले ६१ करोड १८ लाख सञ्चालन नाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा यो नाफा ८२ करोड ८० लाख थियो ।

यस अवधिमा कम्पनीको खराब कर्जा घटेको छ । बैंकको खराब कर्जा अनुपात ३ दशमलव ७० प्रतिशतबाट घटेर २ दशमलव ३७ प्रतिशतमा झरेको छ ।

हाल कम्पनीको १४ अर्ब ९८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ११ अर्ब १६ करोड रुपैयाँ छ ।

बैंकको प्रतिशेयर आम्दानी २१ दशमलव ६६ बाट घटेर १५ दशमलव ९० मा झरेको छ भने प्रतिशेयर नेटवर्थ रू. २४४ दशमलव ९१ र मूल्य आम्दानी अनुपात २७ दशमलव ७ गुणा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS