IME Life
Beema Board

पुँजि थपेसँगै युनाईटेड इन्स्योरेन्सको व्यवसायमा सुधार, मुनाफा-खुद बीमा शुल्क दुवै बढ्यो

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । युनाईटेड इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण आज सार्वजनिक गरेको छ । कम्पनीले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार मुनाफामा सामान्य सुधार भएको छ भने खुद बीमा शुल्क आर्जनमा उल्लेख्य सुधार गर्न सफल भएको छ । पछिल्लो समय बीमा व्यवसायमा निकै खस्कदै गएको सन्दर्भमा चालु आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीले कूल बीमा शुल्क आर्जन ४४ प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।

त्यस्तै कम्पनीको खुद बीमा शुल्क समेत बृद्धि भएको छ । गत आर्थिक वर्षमा आठ करोड ४९ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा १३ करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गर्न सफल भएको छ । कम्पनीले समीक्षा अवधीमा ५४ प्रतिशतले बृद्धि भएको छ ।

Prabhu
Crest

कम्पनीको अन्य सूचांकहरु समेत सकारात्मक देखिएका छन् । युनाईटेड इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा दुई करोड ९८ लाख रुपैयाँ खुद दावी भुक्तानी गरेको छ । अघिल्लो वर्ष दुई करोड ८२ लाख रुपैयाँ दावी भुक्तानी गरेको थियो । कम्पनीको खुद दावी भुक्तानी घटेको छ भने व्यापार बृद्धि भएको देखिएको छ ।

त्यस्तै, मुनाफा केही बृद्धि भएको छ । आर्थिक वर्ष वर्षको पहिलो त्रैमासमा ९६ लाख रुपैयाँ मुनाफा गरेको कम्पनीले यस आवमा १०.४१ प्रतिशतले बृद्धि गरी एक करोड छ लाख रुपैयाँ मुनाफा गर्न सफल भएको छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमास युनाईटेड इन्स्योरेन्सको लागि ऐतिहासिक बन्न पुगेको छ । कारण ३० करोड २४ लाख रुपैयाँ चुक्ता पुँजिलाई हकप्रद शेयर जारी गरी कूल एक अर्ब दुई करोड ८१ लाख रुपैयाँ पुर्याउन सफल भएको छ । कम्पनीको हकप्रद गत असोजमा सम्पन्न भएको थियो ।

कम्पनीको दावी भुक्तानी गर्न बाँकी रकम ५५ करोड ९२ लाख रुपैयाँ छ भने यस अवधीमा पाँच करोड १० लाख रुपैयाँ दावी भुक्तानी गरेकोछ । कम्पनीको प्रतिशेयर आम्दानी एक रुपैयाँ चार पैसा, मूल्य आम्दानी अनुपात ३९५.१९, प्रतिशेयर नेटवर्थ १३८ रुपैयाँ ४० पैसा र प्रतिशेयर कूल सम्पत्तिको मूल्य २३९ रुपैयाँ २१ पैसा छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS