IME Life
Beema Board

पहिलो त्रैमासमा अजोड इन्स्योरेन्सको मुनाफा पाँच करोडमाथि

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । अजोड इन्स्योरेन्सले चालु आवको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले तीन महिनामा पाँच करोड २२ लाख रुपैयाँ मुनाफा कमाउन सफल भएको छ । गत वर्ष ५० लाख ३२ हजार रुपैयाँ घाटामा रहेको कम्पनीले यस आवको पहिलो त्रैमासमा मुनाफा आर्जन गर्न सफल भएको हो ।

अजोड इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरी सो मुनाफा सुरक्षित गर्न सफल भएको हो । कम्पनीले गत आर्थिक वर्षको यहि अवधिको तुलनामा खुद बीमा शुल्क आर्जन बृद्धि गर्न सफल भई मुनाफा समेत बढाउन सफल भएको हो । गत वर्षको पहिलो त्रैमासमा इन्स्योरेन्सले ७ करोड ९५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको वित्तीय विवरणमा देखिएको छ ।

Prabhu
Crest

कम्पनीले तीन महिनामा पाँच करोड ३८ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको छ । समीक्षा अवधीमा कम्पनीले अभिकर्तालाई कमिशन बापत एक करोड १० लाख रुपैयाँ वितरण गरेको छ भने तीन करोड ४५ लाख खुद दावी भुक्तानी गरेको छ ।

यस वर्ष आईपिओ जारी गरी चुक्ता पूँजी १ अर्ब रुपैयाँ रुपैयाँ पुर्याउन सफल भएको अजोड इन्स्योरेन्सको जगेडा कोषमा ६ करोड ९३ लाख रुपैयाँ छ भने बीमा कोषमा ५ करोड ८१ लाख र महाविपत्ति कोषमा ९७ लाख रुपैयाँ संचिति रहेको छ ।

गत असोज मसान्तसम्ममा अजोडले ३८ हजार ८३१ वटा बीमालेखमार्फत ३३ करोड १८ लाख रुपैयाँ कूल बीमा शुल्क आर्जन गर्न सफल भएको छ । समीक्षा अवधीमा कम्पनीले ५९७ वटा दाबी वापत ६ करोड १९ लाख रुपैयाँ भुक्तानी गरेको छ भने ५४२ दाबीका लागि १२ करोड ११ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

वित्तीय विवरण अनुसार प्रतिशेयर आम्दानी पाँच रुपैयाँ ३० पैसा छ भने प्रतिशेयर नेटवर्थ ११६.७२ रुपैयाँ र प्रतिशेयर कूल सम्पत्ति १८१.५१ रुपैयाँ छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS